भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

मेचीनगर–३ स्थित निन्दा खोलामा हात्ती मृत फेला

मेचीनगर–३ स्थित निन्दा खोलामा हात्ती मृत फेला

काठमाडौं । झापाको मेचीनगरमा हात्ती मृत फेला परेको छ। बिहीबार बिहान मेचीनगर–३ स्थित निन्दा खोलामा हात्ती मृत फेला परेको हो । भाले हात्ती मृत फेला परेको र शरीरमा देखिने प्रकारको कुनै पनि चोटपटक नरहेको स्थानीयको भनाई छ ।

हात्ती के कारण मरेको भन्ने खुल्न नसकेको बताइएको छ। विद्युतीय धराप लाग्दा हात्ती सोही ठाउँमा नै मर्ने भएकाले विद्युतीय धरापमा परेकोजस्तो नदेखिएको हात्ती सूचना केन्द्र बाहुनडाँगीले जनाएको छ। मृत हात्तीको परीक्षणका लागि कोशीटप्पु वन्यजन्तु आरक्षबाट पशुविशेषज्ञ टोलीले परीक्षण गर्ने र जिल्लाका विभिन्न पालिकामा अहिलेसम्म २० वटा हात्ती विभिन्न कारणले मरिसकेको जनाइएको छ ।

केही दिनदेखि यो क्षेत्रमा ३० देखि ४० सम्मको सङ्ख्यामा हात्तीहरू ओहोरदोहोर गर्दै आएका थिए। फुड पोइजनिङका कारण हात्ती मरेको हुनसक्ने डिभिजन बन कार्यालयले जनाएको छ ।

 


Thali Mobile Pvt.Ltd.