भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

टोखाले मृतकका परिवारलाई पाँच हजार किरिया खर्च दिने

टोखाले मृतकका परिवारलाई पाँच हजार किरिया खर्च दिने

काठमाडौं। टोखा नगरपालिकाले नगरक्षेत्रमा स्थायी बसोबास भएका व्यक्तिको मृत्यु भए परिवारलाई किरिया खर्चबापत पाँच हजार रुपैयाँ उपलब्ध गराउने भएको छ। यो रकम आगामी आर्थिक वर्षदेखि प्रदान गरिने छ।

नगरपालिकाका उपप्रमुख मुरारी तामाङका अनुसार किरिया खर्च शीर्षकमा पालिकाले १० लाख रुपैयाँ विनियोजन गरेको छ । चाकुको लागि प्रख्यात टोखा बजारमा ‘चाकुस्तम्भ’ निर्माण गन रकम विनियोजन गरिएको छ। टोखाको चाकुलाई देश तथा विदेशमा प्रचार गर्न स्तम्भ सहयोगी हुने उनको विश्वास छ।

यसैगरी ‘मेयर उज्यालो’ कार्यक्रमलाई निरन्तरता दिँदै मठमन्दिर, विद्यालयलगायत सबै सार्वजनिकस्थलमा बत्ती जडान, टोखा साँस्कृतिक संरक्षित क्षेत्रभित्रका प्राचीन शैलीका घर संरक्षण, ‘मेयर दीर्घायु कार्यक्रम’को निरन्तरता तथा उपप्रमुखसँग बालबालिका कार्यक्रम सञ्चालन गर्न बजेट विनियोजन गरेको उनले बताए। रासस

 


Thali Mobile Pvt.Ltd.