भर्खरै : Sorry, your browser does not support inline SVG.
काठमाडौँको रात्रि यातायात विस्तार हुँदै, २८ बस र ६ नयाँ रुट प्रस्ताव | बाढी पहिरोले देशभरको सडक सञ्जाल अस्तव्यस्त, मुख्य राजमार्ग प्रभावित | त्रिशूलीमा बाढी आउँदा सुरक्षाकर्मीले यसरी जोगाए ९२३ कैदीबन्दी | मियामीमा अमेजनको कार्गो विमान दुर्घटना : पाँच जनाको मृत्यु, पाँच घाइते | वैज्ञानिकहरूले डार्क म्याटरको प्रत्यक्ष खोज मानेका छैनन् | रसुवागढी र तातोपानी ठप्प भएपछि चीनसँगको व्यापार कोरला नाकामा निर्भर | देशका धेरै ठाउँमा मेघगर्जनसहित वर्षाको सम्भावना, केही स्थानमा भारी वर्षा | बाढी प्रभावित क्षेत्रको पुनर्स्थापना र दिगो समाधानका लागि नेकपाको २४ बुँदे प्रस्ताव पारित |

असोज १ देखि इम्बोस्ड नम्बर प्लेट अनिवार्य, कार्यान्वयनमा चुनौती र सेवाग्राहीको चिन्ता

असोज १ देखि इम्बोस्ड नम्बर प्लेट अनिवार्य, कार्यान्वयनमा चुनौती र सेवाग्राहीको चिन्ता

काठमाडौँ, ८ भाद्र । नौ वर्षअघि नै सुरु गरिएको प्रविधियुक्त उच्च सुरक्षित इम्बोस्ड नम्बर प्लेट असोज १ गतेदेखि अनिवार्य गरिने भएको छ । तर यसको कार्यान्वयन सजिलो हुने देखिएको छैन ।

सरकारी तयारी अपूरा भएको भन्दै अहिले नै यसको सफलतामा शंका गरिएको छ । आइतबारको गोरखापत्र दैनिकका अनुसार, २०७२ सालदेखि सुरु गरिएको स्मार्ट लाइसेन्स सेवा जस्तै इम्बोस्ड नम्बर प्लेटमा पनि नागरिकले लामो समयसम्म सास्ती भोग्नुपर्ने सम्भावना देखिएको छ ।

अहिले पनि ३० लाखभन्दा बढी सेवाग्राहीले ड्राइभिङ लाइसेन्स पाउन बाँकी छ । यातायात व्यवस्था विभागले सातै प्रदेशमा माग भए पनि नम्बर प्लेट काठमाडौँमै वितरण गर्ने व्यवस्था मिलाएको छ । यसले लामो प्रक्रिया र झन्झट व्यहोर्नुपर्ने सेवाग्राहीको गुनासो छ ।

कोशी, मधेश र सुदूरपश्चिम प्रदेशमा अझै तयारी पुरा नभएको विभागले जनाएको छ भने हेटौँडा, सुर्खेत, बुटवल, नेपालगञ्ज र पोखराका कार्यालयलाई मात्र तयारी अवस्थामा रहेको भनिएको छ ।

काठमाडौँमा दुईपाङ्ग्रेका लागि गुर्जुधारा, चारपाङ्ग्रेका लागि एकान्तकुना र परीक्षण कार्यालय टेकुमा मात्र सुविधा उपलब्ध हुने भएकाले सेवाग्राहीलाई थप कठिनाइ हुने सम्भावना छ ।

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका वरिष्ठ उपाध्यक्ष सरोज सिटौलाले सरकारको तयारी कमजोर भएको र यसमा ठूला बिचौलियाको चलखेल देखिएको आरोप लगाउनुभएको छ ।

उहाँले भन्नुभयो, “हाम्रो विरोध इम्बोस्ड नम्बर प्लेटसँग होइन, सरकारको काम गर्ने तरिकासँग हो । कर असुल्नकै लागि अनिवार्य गरेर जनतालाई दुःख दिने काम भइरहेको छ ।”

प्रदेश सरकार र संघीय सरकारबीच तालमेलको अभावले पनि कार्यान्वयनमा समस्या आउने सम्भावना व्यवसायीहरूले औंल्याएका छन् । साथै नम्बर प्लेटमा अङ्ग्रेजी अक्षर प्रयोग भएकाले यसलाई लागू गर्न नहुने भन्ने आवाज पनि बढ्दै गएको छ ।

यातायात व्यवस्था विभागले भने सूचना सार्वजनिक गर्दै प्रदेश सरकार मातहतका कार्यालयमार्फत सवारी दर्ता, नामसारी र नवीकरण गर्न आउने सबै सेवाग्राहीलाई अनिवार्य रुपमा इम्बोस्ड नम्बर प्लेट जडान गर्नुपर्ने स्पष्ट पारेको छ ।

 


Thali Mobile Pvt.Ltd.