भर्खरै : Sorry, your browser does not support inline SVG.
काठमाडौँको रात्रि यातायात विस्तार हुँदै, २८ बस र ६ नयाँ रुट प्रस्ताव | बाढी पहिरोले देशभरको सडक सञ्जाल अस्तव्यस्त, मुख्य राजमार्ग प्रभावित | त्रिशूलीमा बाढी आउँदा सुरक्षाकर्मीले यसरी जोगाए ९२३ कैदीबन्दी | मियामीमा अमेजनको कार्गो विमान दुर्घटना : पाँच जनाको मृत्यु, पाँच घाइते | वैज्ञानिकहरूले डार्क म्याटरको प्रत्यक्ष खोज मानेका छैनन् | रसुवागढी र तातोपानी ठप्प भएपछि चीनसँगको व्यापार कोरला नाकामा निर्भर | देशका धेरै ठाउँमा मेघगर्जनसहित वर्षाको सम्भावना, केही स्थानमा भारी वर्षा | बाढी प्रभावित क्षेत्रको पुनर्स्थापना र दिगो समाधानका लागि नेकपाको २४ बुँदे प्रस्ताव पारित |

भाषा आयोगको जोड: गाडीको नम्बर प्लेट देवनागरी लिपीमै हुनुपर्छ

भाषा आयोगको जोड: गाडीको नम्बर प्लेट देवनागरी लिपीमै हुनुपर्छ

काठमाण्डौ, १८ भाद्र। भाषा आयोगले गाडीमा जडान गरिने विद्युतीय सङ्केत (इम्बोस्ड नम्बर प्लेट) नेपाली भाषामै हुनुपर्नेमा जोड दिएको छ।नेपालको संविधानको धारा ७ को उपधारा १ अनुसार सरकारी कामकाजको भाषा नेपाली भाषा नै हुने व्यवस्था रहेको स्मरण गराउँदै आयोगले अंग्रेजी भाषामा नम्बर प्लेट राख्ने निर्णयप्रति आपत्ति जनाएको हो।

आयोगका अनुसार संविधानले नचिनेको भाषा र लिपीमा नभई देवनागरी लिपीमा नै नम्बर प्लेट राख्नुपर्ने संवैधानिक व्यवस्था छ। सर्वोच्च अदालतले २०८१ असार ९ गते दिएको फैसलामा पनि धारा ७ को उपधारा ३ बमोजिम भाषासम्बन्धी विषय भाषा आयोगको सिफारिसअनुसार नेपाल सरकारले निर्णय गर्ने प्रावधान रहेको उल्लेख गरिएको छ।

आयोगका अध्यक्ष डा. गोपाल ठाकुरले आफ्नो संवैधानिक दायित्वअनुसार देवनागरी लिपीमै इम्बोस्ड नम्बर प्लेट राख्नुपर्ने माग गर्दै नेपाल सरकारको पुनः ध्यानाकर्षण गराइएको जानकारी दिनुभयो।

सरकारले इम्बोस्ड नम्बर प्लेटलाई अनिवार्य गर्ने तयारी अगाडि बढाए पनि पहिलाजस्तै लिपि, जडान खर्च लगायतका विषयमा प्रश्न उठिरहेका छन्। सरकारले असोज १ गतेदेखि जडान नगरे तत्काल कारबाही भने नहुने जानकारी दिइसकेको छ।

 


Thali Mobile Pvt.Ltd.