भर्खरै : Sorry, your browser does not support inline SVG.
काठमाडौँको रात्रि यातायात विस्तार हुँदै, २८ बस र ६ नयाँ रुट प्रस्ताव | बाढी पहिरोले देशभरको सडक सञ्जाल अस्तव्यस्त, मुख्य राजमार्ग प्रभावित | त्रिशूलीमा बाढी आउँदा सुरक्षाकर्मीले यसरी जोगाए ९२३ कैदीबन्दी | मियामीमा अमेजनको कार्गो विमान दुर्घटना : पाँच जनाको मृत्यु, पाँच घाइते | वैज्ञानिकहरूले डार्क म्याटरको प्रत्यक्ष खोज मानेका छैनन् | रसुवागढी र तातोपानी ठप्प भएपछि चीनसँगको व्यापार कोरला नाकामा निर्भर | देशका धेरै ठाउँमा मेघगर्जनसहित वर्षाको सम्भावना, केही स्थानमा भारी वर्षा | बाढी प्रभावित क्षेत्रको पुनर्स्थापना र दिगो समाधानका लागि नेकपाको २४ बुँदे प्रस्ताव पारित |

बाराको सिमरामा मोटरसाइकलको ट्याङ्कीमा लुकाएको ५ किलो गाँजासहित युवक पक्राउ

बाराको सिमरामा मोटरसाइकलको ट्याङ्कीमा लुकाएको ५ किलो गाँजासहित युवक पक्राउ

रौतहट, १८ भाद्र । बाराको इलाका प्रहरी कार्यालय सिमराले आज बिहान ५ किलो गाँजासहित एक युवकलाई नियन्त्रणमा लिएको छ।इलाका प्रहरी कार्यालय सिमराका असई राजहरण यादवको टोलीले बिहान ७:३० बजे पथलैयाबाट जैतापुरतर्फ जाँदै गरेको भारतीय नम्बर प्लेटको मोटरसाइकल (BR 05 M 7718) लाई चेकजाँच गर्ने क्रममा गाँजा फेला पारेको हो।

चेकजाँचका क्रममा मोटरसाइकलको ट्याङ्की मुनी फल्स बटम बनाई लुकाइ–छिपाइ ल्याइएको करिब ५ किलो गाँजा बरामद गरिएको बाराका प्रहरी प्रमुख एसपी सन्तोष कुमार तामाङले जानकारी दिनुभयो।

गाँजासहित जितपुर सिमरा–११, खेस्रोल बस्ने २० वर्षीय मुना यादवलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ। पक्राउ परेका यादवमाथि थप अनुसन्धान भइरहेको छ।

 


Thali Mobile Pvt.Ltd.