भर्खरै : Sorry, your browser does not support inline SVG.
पूर्वी चीनको जियाङ्सीमा पहिरो : एकको मृत्यु, ११ जना बेपत्ता | अमेरिकाद्वारा आफ्ना नागरिकलाई रसुवाका केही क्षेत्रमा यात्रा नगर्न आग्रह | भारतबाट अवैध रूपमा ल्याइँदै गरेको दुई करोड ४० लाखको एप्पल एयरपोड्स बरामद | पहिरोले बडीमालिका–९ का आधा दर्जनभन्दा बढी घरमा क्षति, दुई गोरु मरे | मनास्लु आरोहणका लागि ३४८ जनाले लिए अनुमति, १५ करोड राजस्व सङ्कलन | भोटेकोशी बाढी : १ हजार ३४१ शव फेला, ४ हजार ९९६ जना अझै सम्पर्कविहीन | गुणस्तरहीन रङ बिक्री गरेको ठहर, बर्जर पेन्ट्सलाई १२ लाखभन्दा बढी क्षतिपूर्ति भराउन आदेश | कृष्णभीरमा खोलिएको अस्थायी ट्र्याक फराकिलो बनाइँदै, भदौ मसान्तसम्म गाडी चलाउने लक्ष्य |

पूर्वएआईजी विश्वराज पोखरेल रास्वपामा प्रवेश

पूर्वएआईजी विश्वराज पोखरेल रास्वपामा प्रवेश

काठमाडौं, १२ मंसिर । नेपाल प्रहरीका पूर्वअतिरिक्त महानिरीक्षक (एआईजी) विश्वराज पोखरेल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)मा औपचारिक रूपमा प्रवेश गरेका छन् ।

शुक्रबार रास्वपाको पार्टी कार्यालय बनस्थलीमा आयोजित कार्यक्रममा पोखरेलले पार्टी सदस्यता लिएका हुन् । आईजीपी प्रतिस्पर्धामा पछि पारिएपछि १६ महिना सिनियर हुँदाहुँदै धिरज प्रताप सिंह नियुक्त भएपछि असन्तुष्ट बनेका पोखरेलले प्रहरी सेवाबाट राजीनामा दिएका थिए । अब उनले सक्रिय राजनीतिमा प्रवेश गर्दै रास्वपालाई मुलुकको समृद्धि र कुशासन अन्त्यको एकमात्र विकल्पका रूपमा व्याख्या गरे ।

रास्वपा प्रवेशपछि पोखरेलले भने, “इमान्दार व्यक्तिहरू जोडिएको पार्टी यही हो । समृद्धि र कुशासनको अन्त्य रास्वपाको नेतृत्वमै सम्भव छ ।”

उनीले पार्टी सभापति रवि लामिछानेको “आदम्य साहस र जनताको विश्वास” ले आफूलाई रास्वपा जडानमा प्रेरित गरेको बताए । अर्का धेरै पार्टीहरूले पनि आफूलाई प्रवेशका लागि प्रस्ताव गरेको दाबी गर्दै उनले थपे, “सभापति लामिछानेमाथि भएको अन्याय विरुद्ध लड्नकै लागि पनि म रास्वपामा आएको हुँ ।”

गत भदाै २४ गतेकाे ‘जेनजी आन्दोलन’को प्रसंग स्मरण गर्दै उनले कांग्रेस, एमाले, माओवादीका पुराना नेताहरू ‘दुलोभित्र लुकेका’ बेला रास्वपा सभापति रवि लामिछानेलाई जनताले काँधमा बोकेर अघि बढाएको टिप्पणी गरे ।

 

 

 


Thali Mobile Pvt.Ltd.