भर्खरै : Sorry, your browser does not support inline SVG.
पूर्वी चीनको जियाङ्सीमा पहिरो : एकको मृत्यु, ११ जना बेपत्ता | अमेरिकाद्वारा आफ्ना नागरिकलाई रसुवाका केही क्षेत्रमा यात्रा नगर्न आग्रह | भारतबाट अवैध रूपमा ल्याइँदै गरेको दुई करोड ४० लाखको एप्पल एयरपोड्स बरामद | पहिरोले बडीमालिका–९ का आधा दर्जनभन्दा बढी घरमा क्षति, दुई गोरु मरे | मनास्लु आरोहणका लागि ३४८ जनाले लिए अनुमति, १५ करोड राजस्व सङ्कलन | भोटेकोशी बाढी : १ हजार ३४१ शव फेला, ४ हजार ९९६ जना अझै सम्पर्कविहीन | गुणस्तरहीन रङ बिक्री गरेको ठहर, बर्जर पेन्ट्सलाई १२ लाखभन्दा बढी क्षतिपूर्ति भराउन आदेश | कृष्णभीरमा खोलिएको अस्थायी ट्र्याक फराकिलो बनाइँदै, भदौ मसान्तसम्म गाडी चलाउने लक्ष्य |

मधेस प्रदेशका मुख्यमन्त्री यादवविरुद्धको मुद्दा फेरि हेर्दाहेर्दैमा, अब १५ गते सुनुवाइ

मधेस प्रदेशका मुख्यमन्त्री यादवविरुद्धको मुद्दा फेरि हेर्दाहेर्दैमा, अब १५ गते सुनुवाइ

काठमाडौँ, १२ मंसिर । मधेस प्रदेशका मुख्यमन्त्री सरोज कुमार यादवविरुद्ध दायर मुद्दाको सुनुवाइ आज पनि सम्पन्न हुन नसकेपछि फेरि हेर्दाहेर्दैमा राखिएको छ ।

न्यायाधीशद्वय हरिप्रसाद फुयाल र नित्यानन्द पाण्डेयको इजलासमा शुक्रबार सुनुवाइ सुरु भए पनि समयाभाव तथा प्रक्रियागत कारणले नसकिएकाले अब मंसिर १५ गतेका लागि पेसी तोकिएको हो ।

यसअघि बिहीबार पनि मुद्दा सुनुवाइ नपुगेपछि आजका लागि हेर्दाहेर्दैमा सारिएको थियो । लगातार दुई दिनयता मुद्दा टुंगो नलाग्दा प्रदेश राजनीति र सरकार सञ्चालनमा यसको प्रभावबारे छलफल बढेको देखिन्छ ।

 

 

 

 

 


Thali Mobile Pvt.Ltd.