भर्खरै : Sorry, your browser does not support inline SVG.
देशभर रेबिजविरुद्धको खोप अभाव, आपूर्ति मागभन्दा कम हुँदा स्वास्थ्य प्रणालीमा दबाब | सिथि नखः पर्वमा पानीका स्रोत सरसफाइ, नेवार समुदायको परम्परागत अभ्यास | राष्ट्र बैंकद्वारा सीईओको तलब-भत्ता सम्बन्धी नयाँ मार्गदर्शन जारी, पारिश्रमिकमा एकरूपता ल्याउने लक्ष्य | कृषि तथा पशुपन्छी अनुदान छानबिन गर्न ५ सदस्यीय कार्यदल गठन | कोशी प्रदेशबाट मनसुन प्रवेश, केही स्थानमा चट्याङसहित मध्यम वर्षा र भारी वर्षाको सम्भावना | इजरायल र हिजबुल्लाहबीच युद्धविरामको सहमति, तर व्यवहारमा आक्रमण जारी रहेको दाबी | श्चिम एसियामा तनाव घटाउने प्रयास : नाकाबन्दी अन्त्यको घोषणा | नागरिकले आफैँ राष्ट्रिय परिचयपत्र डाउनलोड गर्न सक्ने सेवा सुरु |

सातौँ सामाजिक सुरक्षा दिवसको अवसरमा उपचार सेवा विस्तार

सातौँ सामाजिक सुरक्षा दिवसको अवसरमा उपचार सेवा विस्तार

काठमाण्डौ । सातौँ सामाजिक सुरक्षा दिवसको अवसरमा कोषले उपचार सेवा विस्तार गरेको छ । सामाजिक सुरक्षा कोषले उपचार सुविधा विस्तार गरेको जनाएको हो ।

देशभरी कोषमा आबद्ध अस्पतालको सङ्ख्या ९० वटा पुगेको छ । औपचारिक योगदानकर्ताका श्रीमान र श्रीमतीमा रहेको स्वास्थ्य उपचार सेवा अब योगदानकर्ताका १८ वर्षसम्मका छोराछोरीमा समेत विस्तार भएको जनाएको हो ।

कोषका अनुसार अब योगदानकर्ताले १० लाख रुपैयाँसम्मको उपचारमा ५० प्रतिशत उपचार खर्च पाउनेछन् । अहिले योगदानकर्ताले एक लाख रुपैयाँसम्मको उपचारमा कोषबाट ८० प्रतिशत पाउँदै आएका छन् । कोषको दायरा विस्तारका लागि काठमाण्डौसहित विराटनगर, सिमरा, बुटवल, नेपालगञ्ज, पोखरा र जनकपुरमा कार्यालय स्थापना भएको छ ।

यही आर्थिक वर्षभित्र कर्णाली प्रदशको सुर्खेत र सुदूरपश्चिम प्रदेशको धनगढीमा समेत कार्यालय स्थापना हुने कोषले जनाएको छ ।
कोषमा सूचीकृत वैदेशिक रोजगारीमा रहेका श्रमिकका दम्पती तथा १८ वर्ष मुनिका छोराछोरीलेसमेत स्वास्थ्य उपचार सेवा पाउने कोषले जनाएको छ ।

नयाँ व्यवस्था अबको तीन महिनापछि कार्यान्वयनमा ल्याउने कोषको तयारी छ । कोष कार्यान्वयनमा आएको ६ वर्ष पूरा हुँदा १७ लाख ९४ हजार श्रमिक आबद्ध भएका छन् । कोषका अनुसार अहिलेसम्म औपचारिक क्षेत्रका ५ लाख ४३ हजार र वैदेशिक रोजगारमा रहेका १२ लाख ५० हजार श्रमिक कोषमा आबद्ध भएका छन् ।

वैदेशिक रोजगारीको लागि श्रम स्वीकृति लिने बेला कोषमा आबद्ध हुनुपर्ने बाध्यकारी व्यवस्था रहेको छ । यसकै कारण कोषमा आन्तरिक श्रम बजारमा काम गर्नेभन्दा वैदेशिक रोजगारीमा जाने श्रमिकको आबद्धता बढेको हो ।

 


Thali Mobile Pvt.Ltd.