भर्खरै : Sorry, your browser does not support inline SVG.
भोटेकोशी बाढीपछि चिन्तित छन् त्रिशूली किनारका बासिन्दा | सहयोगका नाममा गैरकानुनी असुली गर्नेलाई कारबाही गर्न गृह मन्त्रालयको निर्देशन | नेपालसँग सन् २०२७ भित्र द्विपक्षीय क्रिकेट श्रृंखला खेल्न बङ्गलादेश सकारात्मक | बाल सुधार गृह कि बन्दीगृह? ४६ प्रतिशत बालबालिकामा डिप्रेसनसहित मानसिक समस्या | नयाँ टीबी खोपले एक दशकमा ७३ लाखभन्दा बढी जीवन बचाउन सक्ने गाभीको दाबी | बाढी र पहिरोले यी ९ सडकखण्ड अवरुद्ध, कहाँ-कहाँ रोकियो यातायात ? | ग्यासको आयात र बिक्री बढ्दासमेत उपभोक्तालाई राहत छैन, अझै लाइनमा बस्नुपर्ने बाध्यता | अमेरिकी दबाबपछि इरानका परमाणु प्रमुखलाई भियना प्रवेशमा रोक |

४३० जनालाई जग्गाधनी पुर्जा

४३० जनालाई जग्गाधनी पुर्जा

रूपन्देही । तिलोत्तमा नगरपालिकामा ४ सय ३० जनालाई जग्गाधनी दर्ता प्रमाणपुर्जा प्रदान गरिएको छ ।वडा नम्बर १३ मा पुनः नापीबाट तयार गरिएका जग्गाधनी दर्ता प्रमाणपुर्जा वितरण गरिएको हो । नापी कार्यालय रुपन्देहीको आयोजनामा वडा भित्रका ४ सय ३० जना जग्गा धनीलाई जग्गाधनी दर्ता प्रमाणपुर्जा वितरण गरिएको नापी प्रमुख सुग्रिव यादवले जानकारी दिए ।

तिलोत्तमा नगरपालिकाका प्रमुख रामकृष्ण खाँणले यो सुरुवात चरण भएको उल्लेख गर्दै यस पटक छुटेका जग्गा धनीले कार्यालयमा सम्पर्क गरी जग्गाधनी दर्ता प्रमाण पुर्जाको प्रकृया थाल्न आग्रह गरे ।कार्यक्रममामा नगर प्रमुख खाँणसहित उपप्रमुख जगेश्वरीदेबी चौधरी,प्रमुख प्रशासकीय अधिकृत नारायण अर्याल, नापी कार्यालय प्रमुख सुग्रिव यादव, वडा नम्बर १३ का अध्यक्ष नारायण ढकाल,

नापी अधिकृत सन्दिप डढकाल लगायतले जग्गाधनी दर्ता प्रमाणपुर्जा वितरण गरे । लामो समयदेखि जग्गा उपभोग गर्दै आएपनि लालपुर्जाबाट बञ्चित नागरिकले लालपुर्जा पाएपछि खुशि व्यक्त गरेका छन् । उनीहरुले लाजपुर्जा पाउन बाँकी सबैलाई प्रक्रिया पुर्‍याएर छिट्टै पुर्जा प्रदान गर्न आग्रह गरेका छन्

 


Thali Mobile Pvt.Ltd.