भर्खरै : Sorry, your browser does not support inline SVG.
सम्पत्ति छानबिन आयोगको काम रोक्न सर्वोच्चको अन्तरिम आदेश, मुद्दा पूर्ण इजलासमा | गणेश नेपाली मृत्यु प्रकरण : डीआईजी गोविन्द थपलियाको नेतृत्वमा ५ सदस्यीय छानबिन समिति गठन | मुस्ताङमा बढ्दो ‘लेक लाग्ने’ जोखिम : एक वर्षमै १६ जनाको मृत्यु, भारतीय पर्यटक सबैभन्दा बढी प्रभावित | सम्पत्ति छानबिन आयोगको वैधानिकतामाथि सर्वोच्चमा सुनुवाइ, आयोगको अस्तित्वमै प्रश्न | ३ दिन उच्च सतर्कता! काठमाडौं उपत्यकासहित पूर्वी नेपालका साना नदीमा आकस्मिक बाढीको चेतावनी | काठमाडौंमा अक्सिजन सिलिन्डर विस्फोटको दुःखद घटना, पैदलयात्रीको घटनास्थलमै मृत्यु | जलवायु संकटको नयाँ संकेत! भूमध्य सागरको तापक्रमले तोड्यो सबै रेकर्ड, जुनमै पुग्यो २६.६३°C | त्रिपुरेश्वरमा आत्मदाह प्रयास गरेका गणेश नेपालीको निधन, उपचारकै क्रममा ज्यान गयो |

सीमाबाट नेपाल छिर्दै गर्दा नक्कली नोटसहित दुई युवा पक्राउ

सीमाबाट नेपाल छिर्दै गर्दा नक्कली नोटसहित दुई युवा पक्राउ

इटहरी, २१ साउन । प्रहरीले सुनसरी जिल्लाको कोशी गाउँपालिका–८ स्थित भीमनगर बोर्डर पोस्टबाट ३८ हजार रुपैयाँ बराबरको नक्कली नेपाली नोटसहित दुई जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा सप्तरी जिल्लाको हनुमान कंकालिनी नगरपालिका–२ का २६ वर्षीय राजेशकुमार रजक र सोही नगरपालिकाको वडा नं. १ का २५ वर्षीय राजेश चमार रजक रहेका छन्।

प्रहरीका अनुसार उनीहरू भारतबाट नेपाल प्रवेश गर्दै थिए। लु ९२ प २३८० नम्बरको मोटरसाइकलमा सवार रहेका उनीहरूलाई शङ्कास्पद देखिएपछि जाँच गर्दा मोटरसाइकलको पछाडि बसेका राजेश चमार रजकको साथबाट १ हजार रुपैयाँ दरका ३८ थान नक्कली नेपाली नोट बरामद भएको हो।

सुनसरी प्रहरीका प्रवक्ता डीएसपी योगराज खतिवडाले दुवैजनालाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान सुरु गरिएको जानकारी दिए। हाल उनीहरूविरुद्ध बैंकिङ कसुर तथा फौजदारी अपराध अन्तर्गत कारवाही प्रक्रिया अगाडि बढाइएको छ।

 


Thali Mobile Pvt.Ltd.