भर्खरै : Sorry, your browser does not support inline SVG.
नार्कको अनुसन्धान किसानमुखी नभएको भन्दै सांसदहरूको प्रश्न, सुधारका लागि ऐन संशोधनदेखि निजी क्षेत्रको सहभागितासम्मको प्रस्ताव | अन्तरिक्ष केन्द्रमा चीनको नयाँ प्रयोग, गहुँदेखि आलुसम्म बाली उत्पादन | रुसको संसदीय चुनावमा पुटिनसमर्थित दल अगाडि, विपक्षीमाथि प्रतिबन्धको आरोप | असोज ९ देखि ११ गतेसम्म अति भारी वर्षाको सम्भावना, मौसम विभागले जारी गर्‍यो विशेष बुलेटिन | एन्फाको निलम्बन चाँडै फुकुवा हुन सक्ने मन्त्री पोखरेलको दाबी | भोटेकोशी–त्रिशूली विपद् अध्ययन गर्न ३ महिनाको समयसहित संसदीय विशेष समिति गठन | ट्राफिक प्रहरीसँग विवादपछि काठमाडौँमा मिनीबसमा आगलागी, चालक गम्भीर घाइते | हुथीको बढ्दो आक्रमणले साउदी अरबमा बढायो दबाब, अमेरिकासँग सैन्य सहयोगको आग्रह |

फणीन्द्र देवकोटामाथिको कारवाही कार्यान्वयन नगर्न सर्वोच्चको अन्तरिक आदेश

फणीन्द्र देवकोटामाथिको कारवाही कार्यान्वयन नगर्न सर्वोच्चको अन्तरिक आदेश

काठमाडौं । आज सर्वोच्च अदालतले गण्डकी प्रदेशका निलम्बित सांसद फणीन्द्र देवकोटामाथि गरिएको कारवाही कार्यान्वयन नगर्न अन्तरिक आदेश दिएको छ।

न्यायाधीश प्रकाशमान सिंह राउतको इजलासले देवकोटाको पक्षमा अन्तरिम आदेश जारी गर्दै रिटको अन्तिम टुंगो नलाग्दासम्म उक्त कारबाही कार्यान्वयन नगर्न भनेको छ। सर्वोच्चले प्रारम्भिक सुनुवाइपछि गण्डकी प्रदेशसभाका सभामुखको जेठ ३२ को निर्णय र सूचना कार्यान्वयन नगर्न र देवकोटालाई गण्डकी प्रदेशसभा सदस्यको हैसियतमा काम गर्न दिनू भन्ने आदेश जारी गरेको छ।

उनले गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्र पाण्डेलाई विश्वासको मत दिएपछि नेकपा माओवादी केन्द्रको चुनाव चिह्न लिएर जितेका देवकोटामाथि ह्वीप उल्लंघन गरेको आरोपमा माओवादी केन्द्रले कारबाही गरेको थियो।

 

 


Thali Mobile Pvt.Ltd.