भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

फणीन्द्र देवकोटामाथिको कारवाही कार्यान्वयन नगर्न सर्वोच्चको अन्तरिक आदेश

फणीन्द्र देवकोटामाथिको कारवाही कार्यान्वयन नगर्न सर्वोच्चको अन्तरिक आदेश

काठमाडौं । आज सर्वोच्च अदालतले गण्डकी प्रदेशका निलम्बित सांसद फणीन्द्र देवकोटामाथि गरिएको कारवाही कार्यान्वयन नगर्न अन्तरिक आदेश दिएको छ।

न्यायाधीश प्रकाशमान सिंह राउतको इजलासले देवकोटाको पक्षमा अन्तरिम आदेश जारी गर्दै रिटको अन्तिम टुंगो नलाग्दासम्म उक्त कारबाही कार्यान्वयन नगर्न भनेको छ। सर्वोच्चले प्रारम्भिक सुनुवाइपछि गण्डकी प्रदेशसभाका सभामुखको जेठ ३२ को निर्णय र सूचना कार्यान्वयन नगर्न र देवकोटालाई गण्डकी प्रदेशसभा सदस्यको हैसियतमा काम गर्न दिनू भन्ने आदेश जारी गरेको छ।

उनले गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्र पाण्डेलाई विश्वासको मत दिएपछि नेकपा माओवादी केन्द्रको चुनाव चिह्न लिएर जितेका देवकोटामाथि ह्वीप उल्लंघन गरेको आरोपमा माओवादी केन्द्रले कारबाही गरेको थियो।

 

 


Thali Mobile Pvt.Ltd.