भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

सप्तरीको राजगढबाट १०७ कार्टुन मदिरा बरामद

सप्तरीको राजगढबाट १०७ कार्टुन मदिरा बरामद

काठमाडौं । सप्तरीको राजगढ गाउँपालिका–२ कमलपुरस्थित दशगजा ईलाकाबाट सशस्त्र प्रहरीले १०७ कार्टुन मदिरा बरामद गरेको छ।ओसारपसारमा संलग्न दुईजनालाई पनि पक्राउ गरेको छ।

सशस्त्र प्रहरी बल नेपाल प्रस्तावित सीमा सुरक्षा गुल्म पातोबाट सशस्त्र प्रहरी नायव निरीक्षक अमृतकुमार श्रेष्ठको कमाण्डमा खटिगएको गस्ती टोलीले नेपालबाट अवैधरुपमा भारततर्फ लैजाँदै गरेको मामाश्री ब्राण्डको मदिरासहित ओसारपसारमा संलग्न दुईजनालाई नियन्त्रणमा लिएको हो।

पक्राउ पर्नेमा सप्तरी जिल्लाको राजगढ गाउँपालिका–२ कमलपुर बस्ने वर्ष २६ को नारायण यादव र सोही गाउँपालिका–३ झुटकी बस्ने वर्ष २४ को रोहित मुखिया रहेका छन्।

 

 


Thali Mobile Pvt.Ltd.