भर्खरै : Sorry, your browser does not support inline SVG.
नार्कको अनुसन्धान किसानमुखी नभएको भन्दै सांसदहरूको प्रश्न, सुधारका लागि ऐन संशोधनदेखि निजी क्षेत्रको सहभागितासम्मको प्रस्ताव | अन्तरिक्ष केन्द्रमा चीनको नयाँ प्रयोग, गहुँदेखि आलुसम्म बाली उत्पादन | रुसको संसदीय चुनावमा पुटिनसमर्थित दल अगाडि, विपक्षीमाथि प्रतिबन्धको आरोप | असोज ९ देखि ११ गतेसम्म अति भारी वर्षाको सम्भावना, मौसम विभागले जारी गर्‍यो विशेष बुलेटिन | एन्फाको निलम्बन चाँडै फुकुवा हुन सक्ने मन्त्री पोखरेलको दाबी | भोटेकोशी–त्रिशूली विपद् अध्ययन गर्न ३ महिनाको समयसहित संसदीय विशेष समिति गठन | ट्राफिक प्रहरीसँग विवादपछि काठमाडौँमा मिनीबसमा आगलागी, चालक गम्भीर घाइते | हुथीको बढ्दो आक्रमणले साउदी अरबमा बढायो दबाब, अमेरिकासँग सैन्य सहयोगको आग्रह |

सप्तरीको राजगढबाट १०७ कार्टुन मदिरा बरामद

सप्तरीको राजगढबाट १०७ कार्टुन मदिरा बरामद

काठमाडौं । सप्तरीको राजगढ गाउँपालिका–२ कमलपुरस्थित दशगजा ईलाकाबाट सशस्त्र प्रहरीले १०७ कार्टुन मदिरा बरामद गरेको छ।ओसारपसारमा संलग्न दुईजनालाई पनि पक्राउ गरेको छ।

सशस्त्र प्रहरी बल नेपाल प्रस्तावित सीमा सुरक्षा गुल्म पातोबाट सशस्त्र प्रहरी नायव निरीक्षक अमृतकुमार श्रेष्ठको कमाण्डमा खटिगएको गस्ती टोलीले नेपालबाट अवैधरुपमा भारततर्फ लैजाँदै गरेको मामाश्री ब्राण्डको मदिरासहित ओसारपसारमा संलग्न दुईजनालाई नियन्त्रणमा लिएको हो।

पक्राउ पर्नेमा सप्तरी जिल्लाको राजगढ गाउँपालिका–२ कमलपुर बस्ने वर्ष २६ को नारायण यादव र सोही गाउँपालिका–३ झुटकी बस्ने वर्ष २४ को रोहित मुखिया रहेका छन्।

 

 


Thali Mobile Pvt.Ltd.