भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

छपन्न लाख ४३ हजार बालबालिकाले लगाए दादुरा–रुवेलाविरुद्धको खोप

छपन्न लाख ४३ हजार बालबालिकाले लगाए दादुरा–रुवेलाविरुद्धको खोप

काठमाडौँ । सरकारले सञ्चालन गरेको दादुरा–रुवेलाविरुद्धको खोप अभियानमा ५६ लाख ४३ हजार नौ सय १२ जना बालबालिकाले खोप लगाएका छन् ।

दादुरा–रुवेला सङ्क्रमणको जोखिमलाई दृष्टिगत गरी सरकारले गत फागुन १३ देखि चैत ७ गतेसम्म खोप अभियान सञ्चालन गरेको थियो ।

बाल स्वास्थ्य तथा खोप शाखाका प्रमुख डा अभियान गौतमका अनुसार ५७ लाख ४२ हजार नौ सय ९३ बालबालिका खोप लगाउने लक्ष्य रहेकामा ५६ लाख ४३ हजार नौ सय १२ जनाले बालबालिका खोप लगाएका हुन् ।

“हाम्रो लक्ष्यअनुसार नै बालबालिकाले खोप लगाएका छन्” उनले भने, “ जिल्लाबाट प्राप्त प्रारम्भिक चरणको प्रतिवेदनमा ९६ प्रतिशतले खोप लगाएका पाइएको छ । ”

सरकारले यस वर्ष दादुरा रुवेलाको सङ्क्रमणलाई ध्यान दिदै पश्चिम रुकुम र जाजरकोट जिल्ला बाहेक ७५ जिल्लामा खोप अभियान सञ्चालन गरेको थियो । पश्चिम रुकुम र जाजरकोटमा यसअघि नै अभियान सञ्चालन भएको थियो ।

भारतसँग सीमा जोडिएका २१ जिल्ला तथा काठमाडौँ उपत्यकाका तीन जिल्लामा नौ महिनादेखि १५ वर्ष मुनिका र ५१ जिल्लामा नौ महिनादेखि पाँच वर्षसम्मका बालबालिकालाई खोप लगाइएको थियो ।

खोप अभियान सफल बनाउन देशभर ४८ हजार सात सय ९८ खोप केन्द्रमा ४९ हजार नौ सय ३७ जना स्वास्थ्यकर्मी र ५९ हजार नौ सय छ जना स्वयसेवक परिचालन गरिएको थियो । रासस

 


Thali Mobile Pvt.Ltd.