भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

तीन सिफ्टमा कर्मचारी राखेर सेवा दिनु पर्ने बाध्यताको अब अन्त्य हुने

तीन सिफ्टमा कर्मचारी राखेर सेवा दिनु पर्ने बाध्यताको अब अन्त्य हुने

भक्तपुर । सेवाग्राहीको सहजताका लागि बागमती प्रदेश सरकारले अनलाइन माध्यमबाट पटके रुट पर्मिट दिन सुरु गरेको छ । उक्त इजाजतका लागि कार्यालयमै धाउनुपर्ने अवस्थाको अन्त्य गर्दै बागमती प्रदेश सरकारले अनलाइन बाटैपटके बाटो इजाजत पत्र उपलब्ध गराउने भएको हो ।

प्रदेशमा पहिलो पटक अनलाइनबाटै पटके इजाजत पत्र भक्तपुरको सल्लाघारी स्थित यातायात व्यवस्था सेवा कार्यालयबाट सेवाको मंगलवार शुभारम्भ भएको हो । बागमती प्रदेश सरकारका श्रम, रोजगार तथा यातायात मन्त्री लक्ष्मण लम्सालले अनलाइनबाटै पटके बाटो इजाजत पत्रको शुभारम्भ भएको घोषणा गरेका हुन ।

मन्त्री लक्ष्मण लम्सालले रात–बिरात जतिखेर जरूरी पर्छ त्यतिखेर अनलाइनबाट पटके रुट इजाजत लिन सकिने जानकारी दिए । कार्यक्रममा भक्तपुरकी प्रमुख जिल्ला अधिकारी रोशनी कुमारी श्रेष्ठले अनलाइनबाट पटके पाउने भएपछि कार्यालयमा कम भीड हुने र यसले सेवालाई थप व्यवस्थित बनाउन मद्दत मिल्ने बिश्वास व्यक्त गर्दै अनलाइन प्रणालीबाट अब सेवाग्राहीले जुनसुकै समयमा काम लिन सकिने हुँदा कार्यालय धाउनु पर्ने बाध्यताको अन्त्य हुने बताइन ।

उपत्यका ट्राफिक कार्यालयका महाशाखा प्रमुख एवं डिआइजी पोषराज पोखरेल, नेपाल पत्रकार महासंघ भक्तपुरका अध्यक्ष जगतकृष्ण प्रजापति, यातायात व्यवस्था कार्यालयका प्रमुखहरु डण्ड बस्नेत, नेत्र भट्टराई, बिमल भट्टराई, शिवप्रसाद निरौला त्यसैगरी यातायात सम्बद्ध व्यवसायी संघ संगठनका प्रतिनिधि र सरोकारवालाको उपस्थिति रहेको थियो ।

नयाँ प्रविधीको प्रयोगले कार्यालयमा भिड नियन्त्रण, समयको बचत, अनलाइन मार्फत राजश्व प्राप्त हुँदा छिटो छरितो र दुरुपयोग नहुने बिहान, बेलुका गरी तीन सिफ्टमा कर्मचारी राखेर सेवा दिनु पर्ने बाध्यताको अब अन्त्य हुने कार्यालयले विश्वास लिएको छ ।

 


Thali Mobile Pvt.Ltd.