भक्तपुर । सेवाग्राहीको सहजताका लागि बागमती प्रदेश सरकारले अनलाइन माध्यमबाट पटके रुट पर्मिट दिन सुरु गरेको छ । उक्त इजाजतका लागि कार्यालयमै धाउनुपर्ने अवस्थाको अन्त्य गर्दै बागमती प्रदेश सरकारले अनलाइन बाटैपटके बाटो इजाजत पत्र उपलब्ध गराउने भएको हो ।
प्रदेशमा पहिलो पटक अनलाइनबाटै पटके इजाजत पत्र भक्तपुरको सल्लाघारी स्थित यातायात व्यवस्था सेवा कार्यालयबाट सेवाको मंगलवार शुभारम्भ भएको हो । बागमती प्रदेश सरकारका श्रम, रोजगार तथा यातायात मन्त्री लक्ष्मण लम्सालले अनलाइनबाटै पटके बाटो इजाजत पत्रको शुभारम्भ भएको घोषणा गरेका हुन ।
मन्त्री लक्ष्मण लम्सालले रात–बिरात जतिखेर जरूरी पर्छ त्यतिखेर अनलाइनबाट पटके रुट इजाजत लिन सकिने जानकारी दिए । कार्यक्रममा भक्तपुरकी प्रमुख जिल्ला अधिकारी रोशनी कुमारी श्रेष्ठले अनलाइनबाट पटके पाउने भएपछि कार्यालयमा कम भीड हुने र यसले सेवालाई थप व्यवस्थित बनाउन मद्दत मिल्ने बिश्वास व्यक्त गर्दै अनलाइन प्रणालीबाट अब सेवाग्राहीले जुनसुकै समयमा काम लिन सकिने हुँदा कार्यालय धाउनु पर्ने बाध्यताको अन्त्य हुने बताइन ।
उपत्यका ट्राफिक कार्यालयका महाशाखा प्रमुख एवं डिआइजी पोषराज पोखरेल, नेपाल पत्रकार महासंघ भक्तपुरका अध्यक्ष जगतकृष्ण प्रजापति, यातायात व्यवस्था कार्यालयका प्रमुखहरु डण्ड बस्नेत, नेत्र भट्टराई, बिमल भट्टराई, शिवप्रसाद निरौला त्यसैगरी यातायात सम्बद्ध व्यवसायी संघ संगठनका प्रतिनिधि र सरोकारवालाको उपस्थिति रहेको थियो ।
नयाँ प्रविधीको प्रयोगले कार्यालयमा भिड नियन्त्रण, समयको बचत, अनलाइन मार्फत राजश्व प्राप्त हुँदा छिटो छरितो र दुरुपयोग नहुने बिहान, बेलुका गरी तीन सिफ्टमा कर्मचारी राखेर सेवा दिनु पर्ने बाध्यताको अब अन्त्य हुने कार्यालयले विश्वास लिएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
भोजपुर । भोजपुरको रामप्रसादराई गाउँपालिका वडा नं ३ भुल्केले ‘एक घर, एक धारा’ अभियान सञ्चालन गरेर चार सय बढी घरमा पिउने पानी वितरण गरेको छ । वडाले यो अभियानअन्तर्गत...
काठमाडौं । दलित महिला संघ (फेडो)ले दलित समुदायका मुद्दालाई आम संचारको माध्यमबाट उजागर गरी समाज रुपान्त्रणमा महत्वपूर्ण भूमिकासहितको पत्रकारिता गर्ने पत्रकारहरुलाई सम्मान गरेको छ । फेडोले आज भव्य कार्यक्रमको...
बागमती । बागमती प्रदेश सरकारले चालु आर्थिक वर्षको छ महिनामा १६ प्रतिशत मात्रै बजेट खर्च गरेको छ । पुससम्ममा कूल बजेटको करिब १६ दशमलव २७ प्रतिशत मात्र खर्च भएको...
अछाम । डोटी भूकम्पबाट प्रभावितको घर पुनर्निर्माण अछामबाट सुरु हुने भएको छ । अछामका प्रमुख जिल्ला अधिकारी शिवप्रसाद लम्सालले मङ्गलसेन नगरपालिका–५ का भूकम्पपीडित खण्टी कामीको घर पुनर्निर्माणका लागि सम्झौता...