काठमाडौँ । ललितपुरको एक घरमा आगलागी भएको छ । सुनाकोटीको सिभिल होम्सको ब्लक ५ मा रहेको एक घरमा आगलागी भएको हो ।
दुई दमकलको सहारामा नेपाल प्रहरी, ललितपुर नगरप्रहरी र स्थानीयद्वारा नियन्त्रणमा आएको प्रहरीले जनाएको छ । आइतबार विहान घरमा आगलागी भएको चापागाउँ प्रहरी चौकीले जनाएको छ ।