भर्खरै : Sorry, your browser does not support inline SVG.
हुथीको बढ्दो आक्रमणले साउदी अरबमा बढायो दबाब, अमेरिकासँग सैन्य सहयोगको आग्रह | नेपालमा ठूलो वर्षाको सम्भावना, तराईदेखि पहाडसम्म बाढी-पहिरोको जोखिम बढ्न सक्ने | जापानी इन्सेफलाइटिसको संक्रमण बढ्दो, १२१ जनामा पुष्टि हुँदा २६ जनाको मृत्यु | युवतीको विवादमा गोली चल्यो, १९ वर्षीय किशोरको खुट्टाबाट निकालियो बुलेट | भक्तपुर नगरद्वारा ‘ख्वप आदर निकेतन’ सञ्चालन, ज्येष्ठ नागरिकको सम्मान र सुरक्षित जीवनमा जोड | खुट्टा भाँचिएको पीडा भुलेर स्वास्थ्य सेवामा सक्रिय सचिव डा. गौतम, नुवाकोट वारि नै प्रसूति र आकस्मिक सेवा दिने तयारी | बाढी प्रभावित नुवाकोटमा स्वास्थ्य सेवा विस्तार, वारि अस्थायी बर्थिङ सेन्टर र आधारभूत स्वास्थ्य केन्द्र स्थापना | बागमती प्रदेशद्वारा क्यान्सर र मुटु रोगीका लागि १८ अस्पतालसँग सम्झौता, मन्त्री तामाङ भन्छन्- ‘बिरामीले सहज सेवा पाउनुपर्छ, सोधभर्ना समयमै गर्छौँ’ |

हृदयघातका कारण फुटबलमा प्रशिक्षक हरिओम श्रेष्ठको निधन

हृदयघातका कारण फुटबलमा प्रशिक्षक हरिओम श्रेष्ठको निधन

काठमाडौं । हृदयघातका कारण फुटबलमा प्रशिक्षक हरिओम श्रेष्ठको निधन भएको छ। बुढासुब्बा गोल्डकपका दौरान उनलाई हृदयघात भएको हो । केही दिन अघि धरानमा भएको बुढासुब्बा गोल्डकपका लागि एनआरटि टिमको प्रशिक्षक भएर धरान गएका उनलाई हृदयघात भएको हो ।

गंगालालमा राखेर उपचार गरिएको थियो। शुक्रबार मात्र स्वास्थ्यमा केही सुधार भएपछि घर फर्काइएको थियो। केही दिन धरानमै उपचार गरेर त्यसपछि उनलाई काठमाडौं ल्याइएको थियो।

५५ वर्षीय श्रेष्ठले उमेर समूहमा नेपाली टिमलाई प्रशिक्षण गरेका थिए भने विभिन्न ‘ए’ डिभिजन क्लबको समेत प्रशिक्षण सम्हालेका थिए। आइतबार एक्कासी स्वस्थ्यमा समस्या देखिएपछि उनलाई वीर अस्पताल लगिएको थियो। वीर अस्पतालमा उनको उपचारका क्रममा निधन भएको जनाएको छ ।

 


Thali Mobile Pvt.Ltd.