भर्खरै : Sorry, your browser does not support inline SVG.
रुकुम पूर्वबाट प्रचण्ड विजयी, नेकपाले खोल्यो जितको खाता | काठमाडौं–८ मा विराजभक्त श्रेष्ठको सानदार जित, सबै प्रतिस्पर्धीको जमानत जफत | काठमाडौं–१ मा रास्वपाको पहिलो जित, रञ्जु न्यौपाने भारी मतान्तरले विजयी | जुम्ला मतगणना अपडेट: राप्रपाका ज्ञानेन्द्र शाही अग्रता, नेकपा दोस्रो स्थानमा | झापा–५ मतगणना अपडेट: बालेन साह ओलीभन्दा दोब्बर बढी मतले अगाडि | नवलपरासीमा मतगणना तयारी पूरा, केही समयमै सुरु हुने | प्रतिनिधिसभा मतगणना अपडेट: राष्ट्रिय स्वतन्त्र पार्टी ४१ स्थानमा अग्रता, एमाले ५ र कांग्रेस ३ क्षेत्रमा अगाडि | इरान–इजरायल युद्ध चर्कियो : मिसाइल आक्रमण, तेहरानमा विस्फोट र खाडी क्षेत्रमा तनाव |

महाराजगन्जमा प्रहरी हत्या प्रकरणमा थप ५ जना पक्राउ

महाराजगन्जमा प्रहरी हत्या प्रकरणमा थप ५ जना पक्राउ

काठमाडौँ, ९ कात्तिक । काठमाडौँको महाराजगन्जमा जेनजी आन्दोलनका क्रममा प्रहरीमाथि आक्रमण गरी असई मिलन राय र जवान उत्तम थापाको हत्या गर्ने घटनामा संलग्न पाँच जना थप व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा गोरखा घर भएका २१ वर्षीय सोम गुरुङ, तनहुँका राजीव गुरुङ र युनिक श्रेष्ठ, सर्लाहीका १७ वर्षीय सुमित तितुङ र रामेछापका १६ वर्षीय दीपक मगर रहेका छन् । ती सबैलाई काठमाडौँ प्रहरी परिसर भद्रकालीमा राखी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार, उनीहरूले प्रहरी वृत्त महाराजगन्जमा कार्यरत असई राय र जवान थापामाथि कुटपिट गरी हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । यसअघि नै घटनामा संलग्न ४ जना – युवराज क्याप्छाकी, सोनाम तामाङ (बुद्धिलाल थिङ), होमप्रसाद पौडेल र टिकाराम बिकलाई अदालतको आदेशपछि पुर्पक्षका लागि कारागार चलान गरिएको थियो ।

काभ्रेका क्याप्छाकी र मकवानपुरका थिङले जवान थापालाई, जबकि सिन्धुपाल्चोकका पौडेल र उदयपुरका विकले असई रायलाई कुटपिट गरी हत्या गरेको प्रहरी अनुसन्धानले निष्कर्ष निकालेको छ । काठमाडौँ प्रहरी परिसरका एसपी पवन भट्टराईका अनुसार, पछिल्ला पाँच पक्राउ परेकामाथि पनि विस्तृत अनुसन्धान भइरहेको छ र पूरक प्रतिवेदन अदालतमा पेश गरिनेछ ।

भदौ २४ गते भएको उक्त घटनामा उद्दण्ड समूहले प्रहरी वृत्त महाराजगन्जमा आगजनीसमेत गरेको थियो । सो क्रममा दुई प्रहरीको मृत्यु र कार्यालयमा ठूलो क्षति पुगेको थियो ।