भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

प्रतिकूल मौसमका कारण हवाई उडान प्रभावित

प्रतिकूल मौसमका कारण हवाई उडान प्रभावित

काठमाडौं । प्रतिकूल मौसमका कारण हवाई उडान प्रभावित भएका छन् । निरन्तर वर्षाका कारण भिजिबिलिटी न्यून हुँदा त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट हुने आन्तरिक र अन्तरराष्ट्रिय दुवै उडान सामान्य प्रभावित भएको हाे ।

अन्तरराष्ट्रियतर्फ एयर चाइनाको उडान ‘डाइभर्ट’ भएको छ भने अन्य अन्तरराष्ट्रिय उडान पनि केही ढिलो भएकाे विमानस्थल कार्यालयले जनाएको छ । प्रतिकूल मौसमका कारण आन्तरिकतर्फ पोखरा, भरतपुर र सिमरा विमानस्थल दिउँसोसम्म बन्द थिए ।

पोखरा विमानस्थलको भिजिबिलिटी न्यून हुँदा काठमाडौँ–पोखरा कुनै पनि उडान नभएको विमानस्थलका महाप्रबन्धक जगन्नाथ निरौलाले बताए । भरतपुर, पोखरा र नेपालगञ्जको क्षेत्रीय उडानसमेत प्रभावित भएको विमानस्थल कार्यालयले जनाएको छ ।

 


Thali Mobile Pvt.Ltd.