भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

देशभर छरिएका भौतिक सम्पत्तिको पूर्ण संरक्षण गर्न प्रधानमन्त्रीको निर्देशन

देशभर छरिएका भौतिक सम्पत्तिको पूर्ण संरक्षण गर्न प्रधानमन्त्रीको निर्देशन

काठमाडौं ।  देशभर छरिएका भौतिक सम्पत्तिको पूर्ण संरक्षण र उपयोग गराउन प्रधानमन्त्री केपी शर्मा ओलीले निर्देशन दिएका छन् । नेपाल बाल सङ्गठनका पदाधिकारसँग प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भएको छलफलमा प्रधानमन्त्री ओलीले बालमन्दिरका नाममा जे जति जमिन, भवन र सम्पत्ति छन्, तिनको पूर्ण सुरक्षाका लागि  निर्देशन दिएका हुन् ।

मुख्यसचिव एकनारायण अर्याल, कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयका सचिव फणिन्द्र गौतमलगायतकाे उपस्थितिमा भएको छलफलमा प्रधानमन्त्री ओलीले भने, “बाल मन्दिरका जग्गा कसैले अतिक्रमण गरेको वा नियमबमोजिम भाडा सम्झौता नगरी बसेको छ भने कडाइ र तीव्रताका साथ तिनको नियन्त्रण र प्रयोग हुनुपर्छ। धनी पुर्जाबिना लामो समयदेखि सङ्गठनले भोगाधिकार लिँदै आएको छ भने ती जग्गा सङ्गठनकै नाममा ल्याइनुपर्छ ।”

सङ्गठनको स्पष्ट पहिचानसहित परिमार्जित र आधिकारिक विधान स्वीकृत गर्न, बजेटको व्यवस्था गर्न, जग्गा जमिनको संरक्षण गर्न, जन्मदार्ता र नागरिकता पाउन समस्या हुने बालबालिकाका लागि आवश्यक सहजीकरण गर्न सङ्गठनका अध्यक्ष विद्या न्यौपानेले सरकारसँग आग्रह गरेका थिए । सङ्गठनमा करिब तीन सय बालबालिका आश्रित रहेका छन् ।

 


Thali Mobile Pvt.Ltd.