भर्खरै : Sorry, your browser does not support inline SVG.
अमेरिकालाई साथ दिने देशलाई इरानको कडा चेतावनी ‘शत्रु मानिनेछ’ | बागमतीमा होटल व्यवसायीको नयाँ पहल, पर्यटन मेला र १३ जिल्लामा संघ विस्तारको निर्णय | तारकेश्वरको जरङ्खुमा डोजरले जमिन काटेपछि पहिरो, ५० घर जोखिममा! | शिक्षा विधेयकमा सातै प्रदेशका सुझाव समेटिँदै, मन्त्रालयले थाल्यो समीक्षा | चितवन र मकवानपुरका मौरीघारमा विनाशकारी ‘सानो खपटे कीरा’ को सङ्क्रमण | सरकारसँग १४ बुँदे सहमतिपछि लघुवित्त पीडितको आन्दोलन स्थगित | गएराति विभिन्न ठाउँमा वर्षा, आज पनि केही ठाउँमा ठूलो पानी पर्ने सम्भावना | गरिमा चौधरी हत्या प्रकरणमा सरकार झुक्यो, ३ बुँदे सहमति; कठोर सजायका लागि नयाँ कानुन बन्दै |

५ जिल्लामा बाढीको उच्च जोखिम, काठमाडौं उपत्यकासहित ४० भन्दा बढी जिल्लामा सतर्कता

५ जिल्लामा बाढीको उच्च जोखिम, काठमाडौं उपत्यकासहित ४० भन्दा बढी जिल्लामा सतर्कता

काठमाडौं, असार ३० । बाढी पूर्वानुमान महाशाखाले आज चितवन, तनहुँ, कास्की, स्याङ्जा र सुर्खेतमा बाढीको उच्च जोखिम रहेको जनाएको छ।

ती जिल्लाबाट बग्ने नदी तथा खोलामा आकस्मिक बाढी आउन सक्ने सम्भावना रहेकाले उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ।

महाशाखाका अनुसार काठमाडौं, ललितपुर र भक्तपुरसहित पाँचथर, इलाम, झापा, मोरङ, सुनसरी, सप्तरी, भोजपुर, सङ्खुवासभा, उदयपुर, सिन्धुली, दोलखा, रामेछाप, सिन्धुपाल्चोक, रसुवा, नुवाकोट, धादिङ, काभ्रे, मकवानपुर, पर्सा, बारा, रौतहट, सर्लाही, गोरखा, लमजुङ, नवलपरासी (पूर्व), नवलपरासी (पश्चिम), पाल्पा, पर्वत, म्याग्दी, प्युठान, रोल्पा, दाङ, सल्यान, बाँके, बर्दिया र कैलालीमा पनि साना नदी तथा खोलामा पानीको बहाव उल्लेख्य रूपमा बढ्ने र आकस्मिक बाढीको मध्यम जोखिम रहेको छ।

महाशाखाले नदी किनार, डुबान हुन सक्ने क्षेत्र तथा होचा भूभागमा अनावश्यक आवतजावत नगर्न, मौसम तथा बाढीसम्बन्धी आधिकारिक सूचना नियमित रूपमा पालना गर्न र स्थानीय प्रशासन तथा सुरक्षा निकायको निर्देशनअनुसार सतर्क रहन सर्वसाधारणलाई आग्रह गरेको छ।

 


Thali Mobile Pvt.Ltd.