भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

५ जिल्लामा बाढीको उच्च जोखिम, काठमाडौं उपत्यकासहित ४० भन्दा बढी जिल्लामा सतर्कता

५ जिल्लामा बाढीको उच्च जोखिम, काठमाडौं उपत्यकासहित ४० भन्दा बढी जिल्लामा सतर्कता

काठमाडौं, असार ३० । बाढी पूर्वानुमान महाशाखाले आज चितवन, तनहुँ, कास्की, स्याङ्जा र सुर्खेतमा बाढीको उच्च जोखिम रहेको जनाएको छ।

ती जिल्लाबाट बग्ने नदी तथा खोलामा आकस्मिक बाढी आउन सक्ने सम्भावना रहेकाले उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ।

महाशाखाका अनुसार काठमाडौं, ललितपुर र भक्तपुरसहित पाँचथर, इलाम, झापा, मोरङ, सुनसरी, सप्तरी, भोजपुर, सङ्खुवासभा, उदयपुर, सिन्धुली, दोलखा, रामेछाप, सिन्धुपाल्चोक, रसुवा, नुवाकोट, धादिङ, काभ्रे, मकवानपुर, पर्सा, बारा, रौतहट, सर्लाही, गोरखा, लमजुङ, नवलपरासी (पूर्व), नवलपरासी (पश्चिम), पाल्पा, पर्वत, म्याग्दी, प्युठान, रोल्पा, दाङ, सल्यान, बाँके, बर्दिया र कैलालीमा पनि साना नदी तथा खोलामा पानीको बहाव उल्लेख्य रूपमा बढ्ने र आकस्मिक बाढीको मध्यम जोखिम रहेको छ।

महाशाखाले नदी किनार, डुबान हुन सक्ने क्षेत्र तथा होचा भूभागमा अनावश्यक आवतजावत नगर्न, मौसम तथा बाढीसम्बन्धी आधिकारिक सूचना नियमित रूपमा पालना गर्न र स्थानीय प्रशासन तथा सुरक्षा निकायको निर्देशनअनुसार सतर्क रहन सर्वसाधारणलाई आग्रह गरेको छ।

 


Thali Mobile Pvt.Ltd.