भर्खरै : Sorry, your browser does not support inline SVG.
अमेरिकालाई साथ दिने देशलाई इरानको कडा चेतावनी ‘शत्रु मानिनेछ’ | बागमतीमा होटल व्यवसायीको नयाँ पहल, पर्यटन मेला र १३ जिल्लामा संघ विस्तारको निर्णय | तारकेश्वरको जरङ्खुमा डोजरले जमिन काटेपछि पहिरो, ५० घर जोखिममा! | शिक्षा विधेयकमा सातै प्रदेशका सुझाव समेटिँदै, मन्त्रालयले थाल्यो समीक्षा | चितवन र मकवानपुरका मौरीघारमा विनाशकारी ‘सानो खपटे कीरा’ को सङ्क्रमण | सरकारसँग १४ बुँदे सहमतिपछि लघुवित्त पीडितको आन्दोलन स्थगित | गएराति विभिन्न ठाउँमा वर्षा, आज पनि केही ठाउँमा ठूलो पानी पर्ने सम्भावना | गरिमा चौधरी हत्या प्रकरणमा सरकार झुक्यो, ३ बुँदे सहमति; कठोर सजायका लागि नयाँ कानुन बन्दै |

लेखा समितिमा राहदानी छपाई प्रकरणको छलफल रोकियो, सांसदको असहमतिपछि बैठक स्थगित

लेखा समितिमा राहदानी छपाई प्रकरणको छलफल रोकियो, सांसदको असहमतिपछि बैठक स्थगित

मुख्य बुँदा

राहदानी छपाई प्रकरणमा लेखा समितिको छलफल सुरु हुन नपाउँदै रोकियो।

अदालतमा विचाराधीन मुद्दा भएकाले सांसदहरूले छलफलको विरोध गरे।

रास्वपाका सांसदहरूले एजेन्डा परिवर्तन गर्न माग गरे।

सभापति भरतबहादुर खड्काले अर्को सूचना नभएसम्म बैठक स्थगित गरे।

काठमाडौं, ३० असार । राहदानी छपाई प्रकरणबारे सार्वजनिक लेखा समितिमा तय गरिएको छलफल सांसदहरूको असहमतिपछि रोकिएको छ।

मंगलबार बसेको समितिको बैठकमा अधिकांश सांसदहरूले उक्त विषय विशेष अदालतमा विचाराधीन रहेको भन्दै समितिमा छलफल गर्नु उपयुक्त नहुने धारणा राखेका थिए। त्यसपछि बैठकमा राहदानी प्रकरणमाथि कुनै छलफल हुन सकेन।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसदहरूले अदालतमा विचाराधीन विषय भएकाले यसलाई एजेन्डाबाट हटाएर अन्य विषयमा छलफल गर्न माग गरेका थिए।

सांसद गणेश पराजुलीले राहदानी छपाई प्रकरण न्यायिक परीक्षणको चरणमा रहेको र यसमा राजनीतिक पक्षसमेत जोडिएकाले अदालतको निर्णय पर्खनुपर्ने धारणा राखे। उनले न्यायालयप्रति विश्वास व्यक्त गर्दै समितिले विचाराधीन मुद्दामा प्रवेश गर्नु उचित नहुने बताए।

रास्वपाकी सांसद क्रान्तिशिखा धितालले पनि राहदानी प्रकरणमा अहिले छलफल गर्नु उपयुक्त नभएको उल्लेख गर्दै समितिलाई अन्य एजेन्डामा केन्द्रित हुन आग्रह गरिन्।

अन्य सांसदहरूले समेत अदालतमा विचाराधीन मुद्दामाथि संसदीय समितिमा छलफल नगर्न सुझाव दिएपछि सभापति भरतबहादुर खड्काले बैठक अर्को सूचना नभएसम्मका लागि स्थगित गरेका छन्।

 


Thali Mobile Pvt.Ltd.