भर्खरै : Sorry, your browser does not support inline SVG.
अमेरिकालाई साथ दिने देशलाई इरानको कडा चेतावनी ‘शत्रु मानिनेछ’ | बागमतीमा होटल व्यवसायीको नयाँ पहल, पर्यटन मेला र १३ जिल्लामा संघ विस्तारको निर्णय | तारकेश्वरको जरङ्खुमा डोजरले जमिन काटेपछि पहिरो, ५० घर जोखिममा! | शिक्षा विधेयकमा सातै प्रदेशका सुझाव समेटिँदै, मन्त्रालयले थाल्यो समीक्षा | चितवन र मकवानपुरका मौरीघारमा विनाशकारी ‘सानो खपटे कीरा’ को सङ्क्रमण | सरकारसँग १४ बुँदे सहमतिपछि लघुवित्त पीडितको आन्दोलन स्थगित | गएराति विभिन्न ठाउँमा वर्षा, आज पनि केही ठाउँमा ठूलो पानी पर्ने सम्भावना | गरिमा चौधरी हत्या प्रकरणमा सरकार झुक्यो, ३ बुँदे सहमति; कठोर सजायका लागि नयाँ कानुन बन्दै |

३१ जिल्लामा बाढीको जोखिम, नदी किनारका बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह

३१ जिल्लामा बाढीको जोखिम, नदी किनारका बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह

काठमाडौं, १४ साउन । बाढी पूर्वानुमान महाशाखाले आज देशका ३१ जिल्लामा बाढीको जोखिम रहेको जनाएको छ। महाशाखाले जोखिमयुक्त जिल्लाबाट बग्ने नदी तथा खोलानजिकका बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ।

महाशाखाका अनुसार ताप्लेजुङ, पाँचथर, इलाम, झापा, मोरङ, सङ्खुवासभा, दोलखा, रामेछाप, काभ्रेपलाञ्चोक, काठमाडौं, भक्तपुर, ललितपुर, सिन्धुपाल्चोक, रसुवा, नुवाकोट, धादिङ, गोरखा, लमजुङ, कास्की, पर्वत, बागलुङ, म्याग्दी, हुम्ला, बझाङ, बाजुरा, अछाम, डोटी, कञ्चनपुर, डडेलधुरा, बैतडी र दार्चुला जिल्लामा बाढीको जोखिम रहेको छ।

महाशाखाले नारायणी, कर्णाली, महाकाली र बागमती नदी तथा तिनका सहायक नदीहरूमा जलसतह उल्लेख्य रूपमा बढ्ने सम्भावना रहेको जनाएको छ। यद्यपि कोशी, नारायणी, बागमती, कर्णाली, महाकाली तथा तिनका सहायक नदीहरूका साथै कन्काई, कमला, बबई, पूर्वी राप्ती र पश्चिम राप्ती नदीको बहाव हाल सतर्कता तहभन्दा तल रहेको जानकारी दिएको छ।

विशेषगरी महाकाली नदी तटीय क्षेत्र बढी जोखिममा रहेकाले नदी आसपासका बासिन्दालाई विशेष सावधानी अपनाउन आग्रह गरिएको छ। स्थानीय तह, सुरक्षा निकाय तथा सम्बन्धित सरोकारवाला निकायलाई नदीको बहाव निरन्तर अनुगमन गरी समुदायलाई समयमै सूचना प्रवाह गर्न र आवश्यक पूर्वतयारी कायम राख्न पनि अनुरोध गरिएको छ।

महाशाखाले वर्षाको अवस्था र नदीको बहावमा आउने परिवर्तनसँगै जोखिम अझ बढ्न सक्ने भएकाले सर्वसाधारणलाई आधिकारिक मौसम तथा बाढीसम्बन्धी सूचना नियमित रूपमा पछ्याउन, नदी तथा खोलानजिक अनावश्यक आवतजावत नगर्न र सम्भावित जोखिमबाट बच्न आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ।

 


Thali Mobile Pvt.Ltd.