भर्खरै : Sorry, your browser does not support inline SVG.
बागमती प्रदेशद्वारा क्यान्सर र मुटु रोगीका लागि १८ अस्पतालसँग सम्झौता, मन्त्री तामाङ भन्छन्- ‘बिरामीले सहज सेवा पाउनुपर्छ, सोधभर्ना समयमै गर्छौँ’ | बाढीपीडितको राहत र पुनर्स्थापनामा एकजुट हुन राष्ट्रपति पौडेलको आह्वान | त्रिशूली–१ को सुरुङमा फेरि भेटिए ११ शव, खोजी कार्य जारी | संविधानका अधिकार नागरिकले महसुस गर्ने गरी कार्यान्वयन गर्नुपर्छ : मुख्यमन्त्री थापा | संविधान कार्यान्वयनमा सरकार इमानदार भएर अघि बढ्छ : प्रधानमन्त्री बालेन | भोटेकोशी बाढीपछि क्रमशः लयमा फर्कँदै पर्यटन | बारामा ५ वर्षीया बालिकामाथि बलात्कारको आरोप, ६५ वर्षीय व्यक्ति पक्राउ | इरानी राष्ट्रपतिसहितको टोलीलाई राष्ट्रसंघ महासभामा सहभागी हुन अमेरिकाले भिसा दिने |

हुँदा देशका विभिन्न भागमा वर्षाको पूर्वानुमान

हुँदा देशका विभिन्न भागमा वर्षाको पूर्वानुमान

काठमाडौं । शुक्रबार मौसम आंशिक बदलीदेखि हल्का वर्षाको अनुमान गरिएको छ। स्थानीय वायु सक्रिय हुँदा देशका विभिन्न भागमा वर्षाको अनुमान गरिएको हो ।

२४ घण्टाको पूर्वानुमानमा कोशी प्रदेशको पहाडी भेगको एकदुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।
बिहान तराई तथा उपत्यका केही स्थानमा हुस्सु तथा एकदुई स्थानमा कुहिरो लागेको छ।

दिउँसो कोशी प्रदेश र गण्डकी प्रदेश लगायत बागमती प्रदेशका पहाडी भागमा आंशिक बदली रही बाँकी स्थानमा मौसम मुख्यतया सफा रहनेछ। कोशी प्रदेशको पहाडी भेगको एकदुई स्थानमा हल्का वर्षाको सम्भावना छ।

राति कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका पहाडी भेगमा आंशिक बदली रही बाँकी भागमा मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ।

 

 


Thali Mobile Pvt.Ltd.