भर्खरै : Sorry, your browser does not support inline SVG.
बागमती प्रदेशद्वारा क्यान्सर र मुटु रोगीका लागि १८ अस्पतालसँग सम्झौता, मन्त्री तामाङ भन्छन्- ‘बिरामीले सहज सेवा पाउनुपर्छ, सोधभर्ना समयमै गर्छौँ’ | बाढीपीडितको राहत र पुनर्स्थापनामा एकजुट हुन राष्ट्रपति पौडेलको आह्वान | त्रिशूली–१ को सुरुङमा फेरि भेटिए ११ शव, खोजी कार्य जारी | संविधानका अधिकार नागरिकले महसुस गर्ने गरी कार्यान्वयन गर्नुपर्छ : मुख्यमन्त्री थापा | संविधान कार्यान्वयनमा सरकार इमानदार भएर अघि बढ्छ : प्रधानमन्त्री बालेन | भोटेकोशी बाढीपछि क्रमशः लयमा फर्कँदै पर्यटन | बारामा ५ वर्षीया बालिकामाथि बलात्कारको आरोप, ६५ वर्षीय व्यक्ति पक्राउ | इरानी राष्ट्रपतिसहितको टोलीलाई राष्ट्रसंघ महासभामा सहभागी हुन अमेरिकाले भिसा दिने |

वाइडबडीमा एक अर्ब ४७ करोड १० लाख ८५ हजार ४८२ रुपैयाँ भ्रष्टाचार, चार जना दोषी ठहर

वाइडबडीमा एक अर्ब ४७ करोड १० लाख ८५ हजार ४८२ रुपैयाँ भ्रष्टाचार, चार जना दोषी ठहर

काठमाडौं । विशेष अदालतले चार जनालाई आंशिक दोषी ठहर गरेको छ । नेपाल वायुसेवा निगमका दुई वटा वाइड बडी विमान खरिदमा अनियमितता भएको ठहर गर्दै विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर, सदस्यद्वय तेजनारायण सिंह राई र रितेन्द्र थापाको इजलासले बिहीबार वाइड बडी खरिदसम्बन्धी भ्रष्टाचार मुद्दालाई आंशिक ठहर गरेको हो।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गत वर्ष चैत २२ गते वाइड बडी विमान किन्दा अनियमितता गरेको आरोपमा उनीहरूसहित तत्कालीन पर्यटनमन्त्री जीवनबहादुर शाहीलगायत विरुद्ध भ्रष्टाचारसम्बन्धी मुद्दा दायर गरेको थियो।

निगमका तत्कालीन प्रमुख सुगतरत्न कंसाकार, पूर्वसचिवद्वय शिशिरकुमार ढुंगाना र शंकरप्रसाद अधिकारी, निगमका तत्कालीन सञ्चालक समितिका सदस्य बुद्धिसागर लामिछानेलाई दोषी ठहर गरेको हो। दीपक शर्मालगायतका विदेशी नागरिक पनि वाइड बडी भ्रष्टाचारमा दोषी ठहर भएको जनाइएको छ ।

अख्तियारले अभियोगपत्रमा विमान किन्दा एक अर्ब ४७ करोड १० लाख ८५ हजार ४८२ रुपैयाँ भ्रष्टाचार भएको आयोगको दाबी थियो।
वाइड बढी विमान खरिदमा अख्तियारले दाबी गरेबमोजिम नै भ्रष्टाचार भएको विशेष अदालतले ठहर गरेको छ।

आयोगले अन्य ६ जना विदेशी नागरिक र दुई आपूर्तिकर्ता कम्पनीलाई पनि प्रतिवादी बनाएको थियो। यो मुद्दामा विपक्षी बनाइएका पूर्वमन्त्री शाहीसहित टेकनाथ आचार्य, मुक्तिराम पाण्डे, जीवन प्रकाश सिटौला, रमेश बहादुर शाह, सुवास रिजाल, प्रभासकुमार कर्माचार्य, जनकराज कालाखेती, रामहरि शर्मा सेढाइँ, रवीन्द्रकुमार शेरचन, रवीन्द्र श्रेष्ठ, उपेन्द्र पौडेल, पारस पौडेल, उमेश पौडेल, निमानुरु शेर्पा, श्रवण रिजाल, गणेशबहादुर चन्द, कर्णबहादुर थापा, अच्युतराज पहाडी, बृहतमान तुलाधरले सफाइ पाएका छन्।

कंसाकारको हकमा दुई वर्ष ६ महिना कैद र बिगो दामासाहीले हुने १२ करोड २५ लाख ९० हजार ४५६ रुपैयाँ जरिबाना र त्यति नै बिगो असुल गरिने फैसला भएको छ। त्यस्तै, उनको हकमा थप ३ महिना कम हुने तर ज्येष्ठ नागरिक भएकाले ५० प्रतिशत सजाय कटौती हुने फैसला विशेषले गरेको छ।

अधिकारी, ढुंगाना र लामिछानेको हकमा एक वर्ष ६ महिना कैद र १२ करोड २५ लाख ९० हजार ४५६ रुपैयाँ जरिबाना र त्यति नै बिगो असुल गरिने फैसला भएको छ भने अधिकारीलाई थप ६ महिना कैद विशेष अदालतले तय गरेको छ।

 

 


Thali Mobile Pvt.Ltd.