भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

अप्रिल महिनामा विदेशी पर्यटक आगमनको नयाँ रेकर्डएक लाख १६ हजार नाघ्यो

अप्रिल महिनामा विदेशी पर्यटक आगमनको नयाँ रेकर्डएक लाख १६ हजार नाघ्यो

काठमाडौं । नेपालको पर्यटन क्षेत्रमा यो अप्रिल महिनाले नयाँ इतिहास रचेको छ। नेपाल पर्यटन बोर्डका अनुसार सन् २०२५ को अप्रिल महिनामा १ लाख १६ हजार ४९० जना विदेशी पर्यटक नेपाल आएका छन्, जुन हालसम्मकै सबैभन्दा उच्च मासिक आगमन हो।

सबैभन्दा धेरै पर्यटक भारतबाट २५,९३३, अमेरिकाबाट १०,०५३, चीनबाट ९,०३७, र बेलायतबाट ६,८३८ आएका छन्। यो सङ्ख्या सन् २०१९ को अप्रिल महिनाको तुलनामा १०६.५ प्रतिशतले वृद्धि भएको बोर्डले जनाएको छ। महामारीपछिको पुनरुत्थानसँगै नेपालले अन्तर्राष्ट्रिय पर्यटन पुनर्जीवनमा उल्लेखनीय प्रगति गरेको देखिन्छ।

नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशीले यो वृद्धि उत्साहजनक रहेको बताए। सन् २०२५ को पहिलो चार महिनामा मात्रै कुल ४ लाख १५ हजार ४८ विदेशी पर्यटक नेपाल भित्रिइसकेका छन्।

 


Thali Mobile Pvt.Ltd.