भर्खरै : Sorry, your browser does not support inline SVG.
कृषि समितिमा सत्तारुढ दलकै सांसदको प्रश्न ‘मन्त्री र सचिव नबोलाउने हो भने समिति किन?’ | एमालेमा ‘शल्यक्रिया’को प्रस्ताव : ओली हटाऊ, कमिटी घटाऊ ! | पत्रकार श्रेष्ठ पक्राउको विरोधमा प्रहरी परिसर अगाडि महासङ्घको धर्ना | फेरि सर्‍यो १०औँ राष्ट्रिय खेलकुदको मिति, मङ्सिर १६ देखि २९ गतेसम्म हुने | बालेनप्रति लक्षित गर्दै देउवाको प्रश्न ‘राजा ज्ञानेन्द्र त सकेनन्, अरूले सक्लान् यहाँ ?’ | रोल्पा पहिरो अपडेट : चार जनाको सनाखत, नौ जना बेपत्ता | नौ वर्षपछि ओखलढुङ्गा –रुम्जाटार सडक पुनः कालोपत्र गरिँदै | बुढीगण्डकी आयोजना अलपत्र पार्न खोजिएको भन्दै सरोकार समितिको आपत्ति, आन्दोलनको चेतावनी |

अप्रिल महिनामा विदेशी पर्यटक आगमनको नयाँ रेकर्डएक लाख १६ हजार नाघ्यो

अप्रिल महिनामा विदेशी पर्यटक आगमनको नयाँ रेकर्डएक लाख १६ हजार नाघ्यो

काठमाडौं । नेपालको पर्यटन क्षेत्रमा यो अप्रिल महिनाले नयाँ इतिहास रचेको छ। नेपाल पर्यटन बोर्डका अनुसार सन् २०२५ को अप्रिल महिनामा १ लाख १६ हजार ४९० जना विदेशी पर्यटक नेपाल आएका छन्, जुन हालसम्मकै सबैभन्दा उच्च मासिक आगमन हो।

सबैभन्दा धेरै पर्यटक भारतबाट २५,९३३, अमेरिकाबाट १०,०५३, चीनबाट ९,०३७, र बेलायतबाट ६,८३८ आएका छन्। यो सङ्ख्या सन् २०१९ को अप्रिल महिनाको तुलनामा १०६.५ प्रतिशतले वृद्धि भएको बोर्डले जनाएको छ। महामारीपछिको पुनरुत्थानसँगै नेपालले अन्तर्राष्ट्रिय पर्यटन पुनर्जीवनमा उल्लेखनीय प्रगति गरेको देखिन्छ।

नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशीले यो वृद्धि उत्साहजनक रहेको बताए। सन् २०२५ को पहिलो चार महिनामा मात्रै कुल ४ लाख १५ हजार ४८ विदेशी पर्यटक नेपाल भित्रिइसकेका छन्।

 


Thali Mobile Pvt.Ltd.