भर्खरै : Sorry, your browser does not support inline SVG.
सम्पत्ति छानबिन आयोगको काम रोक्न सर्वोच्चको अन्तरिम आदेश, मुद्दा पूर्ण इजलासमा | गणेश नेपाली मृत्यु प्रकरण : डीआईजी गोविन्द थपलियाको नेतृत्वमा ५ सदस्यीय छानबिन समिति गठन | मुस्ताङमा बढ्दो ‘लेक लाग्ने’ जोखिम : एक वर्षमै १६ जनाको मृत्यु, भारतीय पर्यटक सबैभन्दा बढी प्रभावित | सम्पत्ति छानबिन आयोगको वैधानिकतामाथि सर्वोच्चमा सुनुवाइ, आयोगको अस्तित्वमै प्रश्न | ३ दिन उच्च सतर्कता! काठमाडौं उपत्यकासहित पूर्वी नेपालका साना नदीमा आकस्मिक बाढीको चेतावनी | काठमाडौंमा अक्सिजन सिलिन्डर विस्फोटको दुःखद घटना, पैदलयात्रीको घटनास्थलमै मृत्यु | जलवायु संकटको नयाँ संकेत! भूमध्य सागरको तापक्रमले तोड्यो सबै रेकर्ड, जुनमै पुग्यो २६.६३°C | त्रिपुरेश्वरमा आत्मदाह प्रयास गरेका गणेश नेपालीको निधन, उपचारकै क्रममा ज्यान गयो |

शिक्षा, स्वास्थ्य, कृषि र तथ्याङ्कसँग सम्बन्धित चार वटा कार्यक्रम स्थगित

शिक्षा, स्वास्थ्य, कृषि र तथ्याङ्कसँग सम्बन्धित चार वटा कार्यक्रम स्थगित

काठमाण्डौं । सरकारले सञ्चालन गरेका चार वटा कार्यक्रम तत्कालका लागि प्रभावित भएका छन् । अमेरिकी अन्तर्राष्ट्रिय विकास नियोग (यूएसएआईडी) को स्रोतमार्फत सञ्चालन गरेका कार्यक्रम प्रभावित भएका हुन ।

जैविक विविधता, प्रदेश एवम् स्थानीय शासन सुदृढीकरण कार्यक्रम र जलवायु उत्थानशील नगरपालिका सेवा कार्यक्रम पनि रोकिएका तर यी कार्यक्रम डिजाइनकै क्रममा रहेकाले बजेट आइनसकेको विज्ञप्तिमा उल्लेख छ ।

अर्थ मन्त्रालयले विज्ञप्ति निकालेर अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले जनवरी २० मा जारी गर्नुभएको कार्यकारी आदेशबाट अमेरिकी सहयोग नियोगमार्फतका चार वटा कार्यक्रम ९० दिनका लागि स्थगित भएको जानकारी गराएको हो ।

केही दिनअघि अमेरिकी राष्ट्रपति ट्रम्पले नेपाललगायत केही देशमा यूएसएआईडीले गरेका लगानीलाई ठगी भएको बताएका थिए । ट्रम्पले उल्लेख गरेका छन् ।

नेपालको जैविक विविधतासम्बन्धी कार्यक्रम र वित्तीय सङ्घीयतासम्बन्धी कार्यक्रम आइनसकेको अर्थ मन्त्रालयले जनाएको छ । शिक्षा, स्वास्थ्य, कृषि र तथ्याङ्कसँग सम्बन्धित चार वटा कार्यक्रम स्थगित भएका हुन् ।

 

 

 


Thali Mobile Pvt.Ltd.