भर्खरै : Sorry, your browser does not support inline SVG.
बागमती प्रदेशद्वारा क्यान्सर र मुटु रोगीका लागि १८ अस्पतालसँग सम्झौता, मन्त्री तामाङ भन्छन्- ‘बिरामीले सहज सेवा पाउनुपर्छ, सोधभर्ना समयमै गर्छौँ’ | बाढीपीडितको राहत र पुनर्स्थापनामा एकजुट हुन राष्ट्रपति पौडेलको आह्वान | त्रिशूली–१ को सुरुङमा फेरि भेटिए ११ शव, खोजी कार्य जारी | संविधानका अधिकार नागरिकले महसुस गर्ने गरी कार्यान्वयन गर्नुपर्छ : मुख्यमन्त्री थापा | संविधान कार्यान्वयनमा सरकार इमानदार भएर अघि बढ्छ : प्रधानमन्त्री बालेन | भोटेकोशी बाढीपछि क्रमशः लयमा फर्कँदै पर्यटन | बारामा ५ वर्षीया बालिकामाथि बलात्कारको आरोप, ६५ वर्षीय व्यक्ति पक्राउ | इरानी राष्ट्रपतिसहितको टोलीलाई राष्ट्रसंघ महासभामा सहभागी हुन अमेरिकाले भिसा दिने |

म्यानमारको मेवाडीबाट दुई जना नेपालीको उद्धार

म्यानमारको मेवाडीबाट दुई जना नेपालीको उद्धार

काठमाण्डौ । म्यानमारको मेवाडीबाट दुई जना नेपालीको उद्धार गरिएको छ । थाइल्यान्डको बैंककमा रहेको नेपाली राजदूतावासले दुईजनाको उद्धार गरेको हो ।

दूतावासले नेपाल सरकारले तोकेका मापदण्ड बमोजिम श्रम स्वीकृति लिएर मात्र वैदेशिक रोजगारीमा जान तथा कसैको प्रलोभनमा परी छिटो, धेरै पैसा कमाउने उद्देश्यले कम्मोडिया लाओस, म्यानमार र थाइल्यान्डलगायतका देशमा वैदेशिक रोजगारीमा नआउन आग्रह गरेको छ ।

अनलाइन ठगीको काममा लगाइएका उनीहरूलाई मेवाडीबाट उद्धार गरी टाक इमिग्रेसन अफिस मेसोट हुँदै थाइल्यान्ड ल्याई नेपाल फर्काइएको दूतावासले जनाएको छ । यसअघि दूतावासले गएको शुक्रवार मेवाडीबाट पाँच जना नेपालीको उद्धार गरेको थियो ।

 


Thali Mobile Pvt.Ltd.