भर्खरै : Sorry, your browser does not support inline SVG.
अमेरिकी सैन्य अखडामाथि इरानको मिसाइल-ड्रोन आक्रमण, मध्यपूर्वमा तनाव झन् चुलियो | नेपाल आयल निगमको कार्यकारी निर्देशकमा ६ जनाको प्रतिस्पर्धा, नामावली सार्वजनिक | मानव अधिकार आयोगको प्रतिवेदन पुनरावलोकन गर्न ओलीको माग, निर्णय सच्याउन निवेदन | ‘कर हटाउने होइन, विकल्प पनि देखाउनुस्’ : अर्थमन्त्री डा. स्वर्णिम वाग्ले | निर्माण व्यवसायीसँग प्रधानमन्त्रीको छलफल : समस्या समाधान र लगानी वातावरण सुधारमा सरकार प्रतिबद्ध | सरकारी खाता बन्द, अन्तिम दिन भुक्तानीको उच्च चाप | राहदानी विभाग अगाडि एक पुरुषको आत्मदाह प्रयास, वीर अस्पतालमा उपचार हुँदै | नक्कली भुटानी शरणार्थी काण्डमा टोपबहादुर रायमाझी र बालकृष्ण खाणसहित १५ जना दोषी ठहर |

जोगबुडा अस्पताल नयाँ भवनबाट शीघ्र सेवा प्रवाह गर्दै

जोगबुडा अस्पताल नयाँ भवनबाट शीघ्र सेवा प्रवाह गर्दै

कैलाली । डडेल्धुराको परशुराम नगरपालिकास्थित जोगबुडा अस्पताल भवनको निर्माण अन्तिम चरणमा पुगेसँगै नयाँ भवनबाट सेवा प्रवाहको तयारी अस्पताल प्रशासनले थालेको छ ।

शहरी विकास तथा भवन निर्माण कार्यालयका अनुसार पुनःम्याद थप नहुने भएकाले निर्माण कम्पनीले दिनरात काम गरिरहेको छ । पन्ध्र शय्याको उक्त अस्पताललाई स्तरोन्नति गर्ने तयारी पनि भइरहेको छ ।

अहिले भवनमा रङगरोगनको काम धमाधम भइरहेको छ । कैलाश निर्माण कम्पनीसँग चारवर्षभित्र निर्माण सम्पन्न गर्ने गरी भ्याटबाहेक रु। १३ करोड ६८ लाख ३० हजारमा ठेक्का सम्झौता भएको थियो ।

सम्झौताअनुसार अस्पताल भवन २०७९ वैशाख १४ मा निर्माण पूरा गरी हस्तान्तरण गर्नुपर्ने थियो तर निर्धारित समयमा काम पूरा नभएपछि निर्माण कम्पनीलाई २०८० साउन २४गतेसम्मको म्याद दिइएको थियो । यसै महिनाभित्र काम पूरा गर्न अन्तिमपटक म्याद थप भएकाले निर्माण कम्पनी रातदिन काममा जुटेको हो ।

उक्त अस्पतालबाट जोगबुडाको परशुराम नगरपालिका, भागेश्वर र आलितालगाउँपालिकाका साथै आसपासका क्षेत्रका सर्वसाधारण लाभान्वित हुनेछन् ।

यसैबीच, महाकाली अस्पतालको भवन निर्माण पनि तीव्र गतिमा भइरहेको छ । आगामी दुई वर्षभित्र निर्माण सम्पन्न गर्ने गरी रु। १४ करोड ३८ लाख २६ हजारमा जीके ओआई जेभीसँग ठेक्का सम्झौता भएको छ । रासस

 


Thali Mobile Pvt.Ltd.