भर्खरै : Sorry, your browser does not support inline SVG.
काठमाडौँको रात्रि यातायात विस्तार हुँदै, २८ बस र ६ नयाँ रुट प्रस्ताव | बाढी पहिरोले देशभरको सडक सञ्जाल अस्तव्यस्त, मुख्य राजमार्ग प्रभावित | त्रिशूलीमा बाढी आउँदा सुरक्षाकर्मीले यसरी जोगाए ९२३ कैदीबन्दी | मियामीमा अमेजनको कार्गो विमान दुर्घटना : पाँच जनाको मृत्यु, पाँच घाइते | वैज्ञानिकहरूले डार्क म्याटरको प्रत्यक्ष खोज मानेका छैनन् | रसुवागढी र तातोपानी ठप्प भएपछि चीनसँगको व्यापार कोरला नाकामा निर्भर | देशका धेरै ठाउँमा मेघगर्जनसहित वर्षाको सम्भावना, केही स्थानमा भारी वर्षा | बाढी प्रभावित क्षेत्रको पुनर्स्थापना र दिगो समाधानका लागि नेकपाको २४ बुँदे प्रस्ताव पारित |

जेनजी आन्दोलनका क्रममा फरार कैदीबन्दी पक्राउ, गोकर्णेश्वरबाट नियन्त्रणमा

जेनजी आन्दोलनका क्रममा फरार कैदीबन्दी पक्राउ, गोकर्णेश्वरबाट नियन्त्रणमा

काठमाडौँ, ९ पुष । जेनजी आन्दोलनका क्रममा फरार रहेका एक कैदीबन्दीलाई प्रहरीले पक्राउ गरेको छ। 

वन्यजन्तुको आखेटोपहार ओसारपसारसम्बन्धी मुद्दामा फरार रहेका सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–५ निवासी टसी तामाङलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले पक्राउ गरेको हो।

सीआईबीका अनुसार गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा केन्द्रीय कारागार कार्यालय, जगन्नाथदेवलबाट फरार भएका तामाङलाई मंगलबार काठमाडौंको गोकर्णेश्वर क्षेत्रबाट पक्राउ गरिएको हो।

कारागारबाट भागेपछि लामो समयसम्म लुकिछिपी बस्दै आएका तामाङलाई विशेष सूचनाको आधारमा पक्राउ गरी केन्द्रीय कारागार कार्यालय, जगन्नाथदेवलमा पेस गरिएको प्रहरीले जनाएको छ।

 


Thali Mobile Pvt.Ltd.