भर्खरै : Sorry, your browser does not support inline SVG.

गाडीको ठक्करबाट सशस्त्र प्रहरीका सईको मृत्यु

गाडीको ठक्करबाट सशस्त्र प्रहरीका सईको मृत्यु

सिरहा । गाडीको ठक्करबाट ड्युटीमा खटिएका एकजना सशस्त्र प्रहरीको मृत्यु भएको छ ।

बरियारपट्टी गाउँपालिका–१ स्थित कचनारी बोर्डरको छेउमा नम्बर नखुलेको गाडीले आइतबार बिहान‍ करिब ३ बजे ठक्कर दिँदा ससस्त्र प्रहरीका सई लक्ष्मण प्रसाद यादवको मृत्यु भएको सिरहाका प्रवक्ता डिएसपी वीरेन्द्रकुमार पासमानले बताए ।

ठक्करबाट गम्भीर घाइते यादवको उपचारका क्रममा प्रादेशिक अस्पताल लहानमा मृत्यु भएको हो । गाडीसहित चालक फरार छन् । उनको खोजी भइरहेको र घटनाबारे थप अनुसन्धान गरीरहेको पासवानले बताए।

 


Thali Mobile Pvt.Ltd.