भर्खरै : Sorry, your browser does not support inline SVG.
भोटेकोशी बाढीपछि चिन्तित छन् त्रिशूली किनारका बासिन्दा | सहयोगका नाममा गैरकानुनी असुली गर्नेलाई कारबाही गर्न गृह मन्त्रालयको निर्देशन | नेपालसँग सन् २०२७ भित्र द्विपक्षीय क्रिकेट श्रृंखला खेल्न बङ्गलादेश सकारात्मक | बाल सुधार गृह कि बन्दीगृह? ४६ प्रतिशत बालबालिकामा डिप्रेसनसहित मानसिक समस्या | नयाँ टीबी खोपले एक दशकमा ७३ लाखभन्दा बढी जीवन बचाउन सक्ने गाभीको दाबी | बाढी र पहिरोले यी ९ सडकखण्ड अवरुद्ध, कहाँ-कहाँ रोकियो यातायात ? | ग्यासको आयात र बिक्री बढ्दासमेत उपभोक्तालाई राहत छैन, अझै लाइनमा बस्नुपर्ने बाध्यता | अमेरिकी दबाबपछि इरानका परमाणु प्रमुखलाई भियना प्रवेशमा रोक |

एमाले र माओवादीले समाजवाद ल्याउन सक्दैनः घनश्याम भुषाल

एमाले र माओवादीले समाजवाद ल्याउन सक्दैनः घनश्याम भुषाल

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का महासचिव घनश्याम भुषालले नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) ले नेपालमा समाजवाद ल्याउन नसक्ने बताएका छन्। काठमाडौंमा आइतबार नेपालमा समाजवादी क्रान्ति विषयक अन्तरक्रियामा बोल्दै उनले एमाले समाजवादी क्रान्ति ल्याउन बनेको पार्टी नभएको दाबी गरे। एमाले व्यक्ति पूजामा अझै केही समय अल्झिरहने उनको भनाइ छ।

‘यो सारा क्रान्ति एमालेले गर्दैन किनभने त्यो नगर्नका लागि बनेको पार्टी हो, त्यो एक हिसावले व्यक्ति पूजा। आगामी दिनमा व्यक्ति पूजाको अझै ठूलो प्रयत्न गर्नेछ,’ उनले भने, ‘यसका विरुद्धमा प्रयत्न हुनेछ र यही वरपर लाग्नेछ।’

यस्तै माओवादी केन्द्रको समाजवादी क्रान्ति ल्याउने उमेर नपुगेको र बुझ्न अझै धेरै समय लाग्ने उनी बताउँछन्। ‘माओवादीले यो कुरा बुझ्न अझै धेरै समय लाग्छ। उसको त्यो हिसाबले सिद्धान्त बुझ्ने उमेर भएको छैन,’ उनले भने, ‘माओवादीको उमेर पुगेको छैन। उसले धेरै समय लगाउँछ। हाम्रो यो सानो पार्टी एकीकृत समाजवादीका काँधमा ठूलो र गम्भीर जिम्मेवारी छ।’ न्युज एजेन्सी नेपाल

 


Thali Mobile Pvt.Ltd.