भर्खरै : Sorry, your browser does not support inline SVG.
कान्ति लोकपथ १५ दिनका लागि दैनिक ६ घण्टा बन्द हुने, वैकल्पिक मार्ग प्रयोग गर्न प्रशासनको आग्रह | तातो लहरले सताएको तराई, भोलिदेखि वर्षाले राहत मिल्ने आशा | जम्मू-कश्मीरको नियन्त्रण रेखा आसपास गोलीबारी, भारत-पाकिस्तानबीच तनाव चुलियो | काठमाडौं उपत्यकाका सम्पदा हाम्रो सभ्यताको गौरवपूर्ण चिनारी हुन् : मन्त्री पाण्डे | भक्तपुर जिल्लामा क्रियाशिल पत्रकारहरूसँग जनस्वास्थ्य कार्यालयको अन्तरक्रिया कार्यक्रम | कोशी प्रदेशको आर्थिक वृद्धिमा वृद्धि, सञ्चित खातामा ५ अर्ब ६२ करोड ७५ लाख | तराई–मधेशमा उच्च गर्मी र तातो हावा, काठमाण्डौमा पनि बढ्ने गर्मी | भारत र पाकिस्तान बीचको तनाव: एक नयाँ युद्धको मोडमा |

एमाले र माओवादीले समाजवाद ल्याउन सक्दैनः घनश्याम भुषाल

एमाले र माओवादीले समाजवाद ल्याउन सक्दैनः घनश्याम भुषाल image

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का महासचिव घनश्याम भुषालले नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) ले नेपालमा समाजवाद ल्याउन नसक्ने बताएका छन्। काठमाडौंमा आइतबार नेपालमा समाजवादी क्रान्ति विषयक अन्तरक्रियामा बोल्दै उनले एमाले समाजवादी क्रान्ति ल्याउन बनेको पार्टी नभएको दाबी गरे। एमाले व्यक्ति पूजामा अझै केही समय अल्झिरहने उनको भनाइ छ।

‘यो सारा क्रान्ति एमालेले गर्दैन किनभने त्यो नगर्नका लागि बनेको पार्टी हो, त्यो एक हिसावले व्यक्ति पूजा। आगामी दिनमा व्यक्ति पूजाको अझै ठूलो प्रयत्न गर्नेछ,’ उनले भने, ‘यसका विरुद्धमा प्रयत्न हुनेछ र यही वरपर लाग्नेछ।’

यस्तै माओवादी केन्द्रको समाजवादी क्रान्ति ल्याउने उमेर नपुगेको र बुझ्न अझै धेरै समय लाग्ने उनी बताउँछन्। ‘माओवादीले यो कुरा बुझ्न अझै धेरै समय लाग्छ। उसको त्यो हिसाबले सिद्धान्त बुझ्ने उमेर भएको छैन,’ उनले भने, ‘माओवादीको उमेर पुगेको छैन। उसले धेरै समय लगाउँछ। हाम्रो यो सानो पार्टी एकीकृत समाजवादीका काँधमा ठूलो र गम्भीर जिम्मेवारी छ।’ न्युज एजेन्सी नेपाल

Kailashkhabar.com

Kailashkhabar.com

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

कैलाश खवर का अरु लेखहरु पढ्नुस्


hotelghyampedanda



Thali Mobile Pvt.Ltd.