भर्खरै : Sorry, your browser does not support inline SVG.
कृषि समितिमा सत्तारुढ दलकै सांसदको प्रश्न ‘मन्त्री र सचिव नबोलाउने हो भने समिति किन?’ | एमालेमा ‘शल्यक्रिया’को प्रस्ताव : ओली हटाऊ, कमिटी घटाऊ ! | पत्रकार श्रेष्ठ पक्राउको विरोधमा प्रहरी परिसर अगाडि महासङ्घको धर्ना | फेरि सर्‍यो १०औँ राष्ट्रिय खेलकुदको मिति, मङ्सिर १६ देखि २९ गतेसम्म हुने | बालेनप्रति लक्षित गर्दै देउवाको प्रश्न ‘राजा ज्ञानेन्द्र त सकेनन्, अरूले सक्लान् यहाँ ?’ | रोल्पा पहिरो अपडेट : चार जनाको सनाखत, नौ जना बेपत्ता | नौ वर्षपछि ओखलढुङ्गा –रुम्जाटार सडक पुनः कालोपत्र गरिँदै | बुढीगण्डकी आयोजना अलपत्र पार्न खोजिएको भन्दै सरोकार समितिको आपत्ति, आन्दोलनको चेतावनी |

सरकारको नयाँ व्यवस्था: घरजग्गा कारोबारमा बैंक स्टेटमेन्ट अनिवार्य

सरकारको नयाँ व्यवस्था: घरजग्गा कारोबारमा बैंक स्टेटमेन्ट अनिवार्य

काठमाडौं, २२ जेठ ।  सरकारले घरजग्गा कारोबारमा पारदर्शिता बढाउन नयाँ व्यवस्था लागू गरेको छ। अबदेखि घरजग्गा किन्ने र बेच्ने दुवैले आफ्नो बैंक स्टेटमेन्ट र केवाईसी (KYC) फारम पेश गर्नुपर्नेछ। यिनै दस्तावेज प्रस्तुत गरेपछि मात्र लिखत पास हुने व्यवस्था गरिएको छ।

भूमि व्यवस्था तथा अभिलेख विभागले जारी गरेको निर्देशनअनुसार, १० लाख रुपैयाँभन्दा माथिको कारोबार अनिवार्य रूपमा बैंकिङ वा विद्युतीय प्रणालीमार्फत गर्नुपर्नेछ। यसले अवैध धन कारोबार, सम्पत्ति शुद्धीकरण तथा आतङ्कवादी वित्तीय गतिविधिमा रोक लगाउने उद्देश्य राखिएको बताइएको छ।

नयाँ निर्देशन अनुसार: खरिदकर्ताको बैंक खाताबाट रकम सिधै बिक्रीकर्ताको बैंक खातामा जम्मा भएको प्रमाण (बैंक स्टेटमेन्ट) अनिवार्य रूपमा पेश गर्नुपर्नेछ। कुनै व्यक्तिले एकै दिनमा ३ करोड रुपैयाँभन्दा बढीको कारोबार गरेमा त्यसको जानकारी नेपाल राष्ट्र बैंकलाई अनिवार्य रूपमा दिनु पर्नेछ।

सरकारले ल्याएको यो व्यवस्था नक्कली कारोबार, अवैध आम्दानी लुकाउने प्रवृत्ति तथा भूमाफिया नियन्त्रण गर्न प्रभावकारी हुने विश्वास लिइएको छ।

 


Thali Mobile Pvt.Ltd.