भर्खरै : Sorry, your browser does not support inline SVG.
कृषि समितिमा सत्तारुढ दलकै सांसदको प्रश्न ‘मन्त्री र सचिव नबोलाउने हो भने समिति किन?’ | एमालेमा ‘शल्यक्रिया’को प्रस्ताव : ओली हटाऊ, कमिटी घटाऊ ! | पत्रकार श्रेष्ठ पक्राउको विरोधमा प्रहरी परिसर अगाडि महासङ्घको धर्ना | फेरि सर्‍यो १०औँ राष्ट्रिय खेलकुदको मिति, मङ्सिर १६ देखि २९ गतेसम्म हुने | बालेनप्रति लक्षित गर्दै देउवाको प्रश्न ‘राजा ज्ञानेन्द्र त सकेनन्, अरूले सक्लान् यहाँ ?’ | रोल्पा पहिरो अपडेट : चार जनाको सनाखत, नौ जना बेपत्ता | नौ वर्षपछि ओखलढुङ्गा –रुम्जाटार सडक पुनः कालोपत्र गरिँदै | बुढीगण्डकी आयोजना अलपत्र पार्न खोजिएको भन्दै सरोकार समितिको आपत्ति, आन्दोलनको चेतावनी |

मौसम पूर्वानुमान: भोलिदेखि ३–४ दिनसम्म सुख्खा रहने

मौसम पूर्वानुमान: भोलिदेखि ३–४ दिनसम्म सुख्खा रहने

काठमाडौँ, २२ जेठ । देशका विभिन्न स्थानहरूमा बिहानैदेखि हल्का वर्षा भइरहेको छ। कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्का देखि मध्यम वर्षा भइरहेको छ।

जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार भोजपुर, धनकुटा, झापा, मकवानपुर, सिन्धुपाल्चोक, कास्की, मनाङ, बागलुङ लगायतका जिल्लाका केही ठाउँमा पानी परेको छ।

देशको पश्चिम र मध्य भूभागमा पश्चिमी वायु र स्थानीय वायुको प्रभाव रहेको छ भने कोशी प्रदेशका धेरै ठाउँमा मनसुनी वायु सक्रिय रहेको छ। आज देशभर आंशिकदेखि सामान्यतया बदली रहनेछ। कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी भूभागका थोरै ठाउँहरूमा मेघगर्जन र चट्याङसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको मौसमविदहरूले बताएका छन्।

तर ठूलो पानी पर्ने सम्भावना भने कम रहेको छ। मौसमविद् विनोद पोख्रेलका अनुसार, भोलिदेखि तीन चार दिनसम्म पानी नपर्ने र मौसम सुख्खा हुने अनुमान गरिएको छ।

 


Thali Mobile Pvt.Ltd.