भर्खरै : Sorry, your browser does not support inline SVG.
कृषि समितिमा सत्तारुढ दलकै सांसदको प्रश्न ‘मन्त्री र सचिव नबोलाउने हो भने समिति किन?’ | एमालेमा ‘शल्यक्रिया’को प्रस्ताव : ओली हटाऊ, कमिटी घटाऊ ! | पत्रकार श्रेष्ठ पक्राउको विरोधमा प्रहरी परिसर अगाडि महासङ्घको धर्ना | फेरि सर्‍यो १०औँ राष्ट्रिय खेलकुदको मिति, मङ्सिर १६ देखि २९ गतेसम्म हुने | बालेनप्रति लक्षित गर्दै देउवाको प्रश्न ‘राजा ज्ञानेन्द्र त सकेनन्, अरूले सक्लान् यहाँ ?’ | रोल्पा पहिरो अपडेट : चार जनाको सनाखत, नौ जना बेपत्ता | नौ वर्षपछि ओखलढुङ्गा –रुम्जाटार सडक पुनः कालोपत्र गरिँदै | बुढीगण्डकी आयोजना अलपत्र पार्न खोजिएको भन्दै सरोकार समितिको आपत्ति, आन्दोलनको चेतावनी |

अडियो सार्वजनिक भएपछि राजकुमार गुप्ता विवादमा, बर्खास्तको माग चुलियो

अडियो सार्वजनिक भएपछि राजकुमार गुप्ता विवादमा, बर्खास्तको माग चुलियो

काठमाडौं, ३१ असार । सामान्य प्रशासन मन्त्री राजकुमार गुप्ता घुस ‘डिल’ प्रकरणमा मुछिएपछि उहाँलाई कारबाही गर्न चौतर्फी दबाव बढेको छ। हालै सार्वजनिक भएको ९ मिनेटको अडियो रेकर्डिङमा मन्त्री गुप्ता, एक बिचौलिया पुरुष र एक महिलाबीच भएको कुराकानीमा ७८ लाख रुपैयाँ घुसको लेनदेनको कुरा भएको स्पष्ट सुनिन्छ।

उक्त अडियोअनुसार, मालपोत कार्यालय कास्कीका तत्कालीन कार्यालय प्रमुखको सरुवा रोक्न ५३ लाख र भूमि आयोग कास्कीको अध्यक्ष बनाउन २५ लाख रुपैयाँ माग गरिएको उल्लेख छ। यो संवाद करिब ६ महिनाअघि भएको भए पनि केही दिनअघि मात्रै सार्वजनिक भएको हो।

सार्वजनिक दबाबसँगै मन्त्री गुप्ताविरुद्धको उजुरी अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा दर्ता भइसकेको छ। आयोगले प्रमाणको रूपमा अडियो विधि विज्ञान प्रयोगशालामा परीक्षण गर्न पठाएको छ। यता प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्री गुप्तालाई बोलाएर छलफल गरे पनि उहाँको बर्खास्ती या राजीनामा सम्बन्धी कुनै औपचारिक निर्णय भएको छैन।

प्रधानमन्त्रीले सुशासनको पक्षपाती भनी बताउँदै आउँदा आएको यो प्रकरणमा मौनता देखाउनुले सरकारको प्रतिबद्धता माथि प्रश्न उठाएको विश्लेषण भइरहेको छ। सडकदेखि संसदसम्म नागरिक समाज, विपक्षी दल तथा मिडियाबाट गुप्ताको तत्काल बर्खास्ती र निष्पक्ष छानबिनको माग गरिएको छ।

 


Thali Mobile Pvt.Ltd.