भर्खरै : Sorry, your browser does not support inline SVG.
कृषि समितिमा सत्तारुढ दलकै सांसदको प्रश्न ‘मन्त्री र सचिव नबोलाउने हो भने समिति किन?’ | एमालेमा ‘शल्यक्रिया’को प्रस्ताव : ओली हटाऊ, कमिटी घटाऊ ! | पत्रकार श्रेष्ठ पक्राउको विरोधमा प्रहरी परिसर अगाडि महासङ्घको धर्ना | फेरि सर्‍यो १०औँ राष्ट्रिय खेलकुदको मिति, मङ्सिर १६ देखि २९ गतेसम्म हुने | बालेनप्रति लक्षित गर्दै देउवाको प्रश्न ‘राजा ज्ञानेन्द्र त सकेनन्, अरूले सक्लान् यहाँ ?’ | रोल्पा पहिरो अपडेट : चार जनाको सनाखत, नौ जना बेपत्ता | नौ वर्षपछि ओखलढुङ्गा –रुम्जाटार सडक पुनः कालोपत्र गरिँदै | बुढीगण्डकी आयोजना अलपत्र पार्न खोजिएको भन्दै सरोकार समितिको आपत्ति, आन्दोलनको चेतावनी |

राष्ट्रिय गौरवको सिद्धबाबा सुरुङमा तीव्र गतिमा काम, मुख्य सुरुङ छिचोलियो

राष्ट्रिय गौरवको सिद्धबाबा सुरुङमा तीव्र गतिमा काम, मुख्य सुरुङ छिचोलियो

पाल्पा,  ३१ असार । राष्ट्रिय गौरवको आयोजनाको रूपमा अगाडि बढाइएको सिद्धबाबा सुरुङमार्गको निर्माण कार्य तीव्र गतिमा अगाडि बढिरहेको छ। पाल्पाको तिनाउ गाउँपालिका–३ दोभान सिद्धबाबा क्षेत्र अन्तर्गत निर्माण भइरहेको यो सुरुङमार्ग ५७ प्रतिशत भौतिक प्रगति र ५१ प्रतिशत वित्तीय प्रगति पुरा भइसकेको छ।

आयोजना कार्यालयकी इञ्जिनियर सविता ज्ञवालीका अनुसार, हालसम्म मुख्य सुरुङमार्गको १,०८९ मिटर इन्भर्ट (भुइँ भाग) र ८३४ मिटर लाइनिङ (दायाँबायाँ लेपन) को काम सम्पन्न भइसकेको छ। साथै हाल २९२ मिटरको सुरुङ खण्डमा लाइनिङको काम जारी रहेको जानकारी दिइएको छ।

आयोजनाअन्तर्गत रहेका तीनवटा बाइपास सुरुङमध्ये पहिलो बाइपास (१५१ मिटर) मा १४५ मिटर इन्भर्ट र १२४ मिटर लाइनिङ, दोस्रो बाइपास (१६१ मिटर) मा काम प्रगतिको अन्तिम चरणमा, तेस्रो बाइपास (१३० मिटर) मा १२५ मिटर इन्भर्ट र ३० मिटर लाइनिङ सम्पन्न भइसकेको छ।

मुख्य सुरुङमार्ग दुई लेनको हुनेछ जसको लम्बाइ १,०८९ मिटर, चौडाइ १०.५ मिटर, र उचाइ झन्डै ७ मिटर रहनेछ। आयोजना प्रमुख कृष्णराज अधिकारीले जानकारी दिएअनुसार, सुरुङमार्ग भित्र आवश्यक गाडी आवतजावत गर्न मिल्ने अवस्था बनिसकेको छ।

भौतिक संरचना तयार भएपछि आगामी महिनाहरूमा लाइटिङ, सञ्चार तथा सुरक्षा उपकरण जडानको काम सुरु गरिनेछ। सिद्धार्थ राजमार्गअन्तर्गत बुटवल–तानसेन सडकखण्डको सिद्धबाबा मन्दिर क्षेत्रबाट सुरु भएको यो सुरुङमार्ग २०७९ सालमा निर्माण शुरू भई २०८३ सालमा सम्पन्न गर्ने लक्ष्य राखिएको छ।

आयोजना सात अर्ब ३४ करोड २१ लाख ४० हजार रुपैयाँको लागतमा चाइना स्टेट कन्स्ट्रक्सन इञ्जिनियरिङ कर्पोरेसनद्वारा निर्माण भइरहेको हो।

 


Thali Mobile Pvt.Ltd.