भक्तपुर । काठमाडौँ उपत्यकाबाट नजिकको पर्यटकीय गन्तव्य हो घ्याम्पेडाँडा अनि रानीकोट । दशैं तिहारको बिदा सदुपयोग गर्न करिब आधा घण्टाको गाडी यात्राबाट पुग्न सकिन्छ घ्याम्पेडाँडा अनि रानीकोट । अरनिको राजमार्ग हुदै पक्की सडकबाट यहाँ पुग्न सकिन्छ । यहाँ रहेको प्राकृतिक सम्पदाले पर्यटकहरुलाई मोहनी लगाइ रहन्छ ।
यहाँको रमणीय प्राकृतिक वातावरणमा रम्न पर्यटकहरुलाई बोलाई रहेको हुन्छ भने यहाँ निर्माण गरिएका भौतिक संरचनाहरुले यस क्षेत्रका बासिन्दाको जनजीवन फेरिएको छ । यो क्षेत्रमा प्राचीन कालदेखि नै प्रमुख तीर्थस्थलहरू समेत रहेकाले यहाँ धार्मिक पर्यटकको समेत आवागमन हुने गरेको छ । यहाँ पैदलमार्गहरु भएकाले पनि यस क्षेत्रमा मन विसाउन सहजै पुग्न सकिन्छ ।
अरनिको राजमार्गबाट सूर्यविनायक चोक पुगेपछि गणेश मन्दिर पुगिन्छ । गणेश मन्दिरबाट गहनादेवीको मन्दिरले जंगलको सुन्दर, शान्त बाटोबाट पाइलटबाबा पुर्याउँदै घ्याम्पेडाडा पुग्न सकिन्छ । घ्याम्पेडाँडामा पुगेपछि त्यहाँ निर्माण गरिएको घ्याम्पो लगायत अन्य भौतिक संरचनाहरु समेत अवलोकन गर्न सकिन्छ । यहाँबाट देखिने काठमाडौं उपत्यकाको मनोरम दृश्यले पर्यटकहरुलाई मोहित बनाइदिन्छ । घ्याम्पेडाँडा पुगेपछि त्यहाँ निर्माण गरिएको टुरिष्ट स्ट्याण्डर्ड होटल घ्याम्पेडाँडाले यहाँहरुलाई न्यानो स्वागत गर्छ । यहाँको न्यानो स्वागतले यहाँ पुग्ने जो कोहीलाई निकै खुशी प्रदान गर्ने गरेको छ ।

होटल घ्याम्पेडाँडाको आकर्षक निर्माणले यहाँ पुग्ने जो कोहीका आँखालाई आन्दमय दृश्यहरु प्रदान गरिरहेको छ । यहाँको स्वादीष्ट खानाको स्वादले एक दिन होइन तपाईको यात्रालाई धेरै दिन लम्ब्याई दिने छ । यस होटलको झ्यालबाटै देखिने हिमालीश्रृङखलाई तपाई कहिल्यै भुल्न सक्नुहुने छैन । यहाँबाट मकालु, सगरमाथा, चोयु, सिसापाङमा, मनास्लु, अन्नपूर्ण, माछापुच्छ्रे, गौरीशङ्कर, धौलागिरि तथा लाङटाङजस्ता आठ हजार मिटरभन्दा अग्ला हिमाल अवलोकन गर्न सकिन्छ ।

घ्याम्पेडाँडामा अवस्थित होटल घ्याम्पेडाँडाको माया बोक्दै यो यो जिप्लाइन हुँदै तपाई रानीकोट पुग्न सक्नु हुनेछ । झण्डै दुई किलोमिटर बाटो कच्ची भएपनि राम्रै ग्राभेलबाट भएकाले सहजै पुग्न सकिन्छ । काठमाडौँबाट छोटो दूरीमा रहेको यो क्षेत्र पर्यटकहरुका लागि निकै आकर्षक क्षेत्र हो । सूर्यविनाकयक चोकबाट एक किलामिटरको दुरीमा रहेको गणेश मन्दिर पुग्न सकिन्छ भने गणेश मन्दिरबाट चार किलोमिटरको दुरीमा रहेको घ्याम्पेडाँडा पुग्न सकिन्छ । यहाँ कुनै समय जंगलैभरि फुलेको लालीगुराँसले मनमोहक बनाउँछ । राताम्य फुलेका लालीगुराँस अनि नजिकको सुन्दर वातावरणीय परिवेशलाई नियाल्दै जाँदा बाटोको कष्ट भुलाईदिन्छ । यहाँ आउने आगन्तुकका निमित्त होटेल तथा रिसोर्टहरू पनि राम्रा–राम्रा रहेका छन् ।

सूर्यविनायकबाट ७ किलोमिटरको दुरीमा रहेको रानीकोट झनै आकर्षक पाउँनुहुने छ । चारैतिरका स–साना पहाडहरुको बीचमा रहेको रानीकोट गडीमा पुगे संसारको सबै दुःख कष्टहरु भुलाउन मदत पुग्छ । यहाँबाट काठमाडौं उपत्यकाका तीन जिल्ला मात्रै होइन काभ्रको बनेपा, धुलिखेल, पनौती, बेथानचोक लागायतका स्थानहरु नियाल्न सकिन्छ । सुन्दर हिमाली फेटाहरुको मनमोक दृश्यहरुलाई आखै अगाडी निम्ता गर्दै यहीँ स्थानबाट हिमाली लहरो हेर्न सकिन्छ । हरियाली जंगल बीचमा रहेको रानीकोट थुम्कोबाट काठमाडौं उपत्यका हेर्दा लाग्छ धर्तीको स्वर्ग भनेकै यही हो। भक्तपुर र पनौती नगरपालिकासँग जोडिएको धार्मिक तथा ऐतिहासिक महत्व बोकेको स्थान हो रानीकोट।

समुद्री सतहबाट करिब दुई हजार मिटर उचाइमा रहेको रानीकोटबाट काठमाडौं उपत्यका सहित लाडटाङ हिमशृंखला १ सय ८० डिग्रीमा हेर्न सकिन्छ। यहाँबाट सूर्योदयसँगै कञ्चनजङ्घा, मकालु, सगरमाथा, चोयु, सिसापाङमा, मनास्लु, अन्नपूर्ण, माछापुच्छ्रे, गौरीशङ्कर, धौलागिरि तथा लाङटाङजस्ता आठ हजार मिटरभन्दा अग्ला आठवटा हिमाल हेर्न सकिन्छ । यहाँ रहेको बागभैरव मन्दिरमा गएर आफ्नो मनोकांक्षा पुरा हुने वर समेत माग्न सकिन्छ । बागभैरवमा पुजापाठ, दर्शन गरे मागेको पुरा हुन्छ भन्ने जनविश्वास रहेको छ ।

यहाँ अवस्थित भिलेज हाइल्याण्ड रिसोर्टबाट सम्पूर्ण हिमश्रृखलाहरु नियाल्न सकिन्छ भने भिलेज हाइल्याण्ड रिसोर्टको आगनीबाट कफिको चुस्कीसंगै जिन्दगीका मिठा पलहरुको अनुभूति गर्न सकिन्छ । मिठा खाने कुराहरुको स्वादमा काठमाडौं उपत्यकाका सहरहरुको अवलोकन गर्दै खानाका परिकारहरुको स्वादमा हराउन सकिन्छ ।यहाँ रहेका अन्य होटल तथा रिसोर्टहरुमा समेत खान बस्न राम्रै व्यवस्था रहेको छ । इन अफ ड्रीम्स,पानोरमा भ्यूटावर रिसोर्ट,सेभेन केएम हिलस्टेसन, रानीकोट हाइकिङ रिसोर्टमा पनि आफ्नो बास सुरक्षित गर्न सक्नु हुनेछ ।घरबाट टाढा जाने अवस्था नहुँदा राजधानी सँगै जोडिएको र सहजै पुग्न सकिने भएकाले सबैको रोजाइमा घ्याम्पेडाँडा रानिकोट औधी मन पर्न सक्छ ।
दशैं तिहारको विदामा रमाइलो गर्ने नजिकको पर्यटकीय गन्तव्य घ्याम्पेडाँडा, रानीकोट एकपटक गएर हेर्ने कि ?



भिलेज हाइल्याण्ड रिसाेर्ट, रानीकाेट





