भर्खरै : Sorry, your browser does not support inline SVG.

बडादशैँको अन्तिम दिन राष्ट्रपति रामचन्द्र पौडेलद्धारा भक्तपुर पुगेर नवदुर्गा भवानीको विशेष पूजाअर्चना

बडादशैँको अन्तिम दिन राष्ट्रपति रामचन्द्र पौडेलद्धारा भक्तपुर पुगेर नवदुर्गा भवानीको विशेष पूजाअर्चना

भक्तपुर । बडादशैँ २०८० को अन्तिम दिन आज राष्ट्रपति रामचन्द्र पौडेलले भक्तपुरको प्रसिद्ध नवदुर्गा मन्दिरमा पुगेर नवदुर्गा भवानीको विशेष पूजाअर्चना गरेका छन् । राष्ट्रप्रमुखका रुपमा प्रसिद्ध नवदुर्गा मन्दिर पुगेर राष्ट्रपति पौडेलले नवदुर्गाको पूर्जा अर्चना एवम दर्शन गरेर प्रसाद ग्रहण गरे ।

भक्तपुरको नवदुर्गा मन्दिर परिसरमा अपरान्ह् पुग्दा राष्ट्रपति पौडेललाई मन्दिर व्यवस्थापन समितिका पदाधिकारी, जनप्रतिनिधि र स्थानीयले स्वागत गरेका थिए । सो अवसरमा परम्परागत रुपमा पूजाका अवसरमा देखाइने नृत्य प्रस्तुत गरिएको थियो ।

राष्ट्रपति पौडेलले नवदुर्गा देवगणका मूर्ति अवलोकन गरी दर्शन गर्नुका साथै नवदुर्गाका पुजारी, नाइके र देवगणलाई दक्षिणा प्रदान गरे । मल्लकालदेखि राजा महाराजाहरूले नवदुर्गाको पूजाआजा गर्दै आएपनि बीचमा यो परम्परा खण्डित भएको थियो ।

तर २०४५ मा भूकम्प आएपछि दैवीप्रकोपका घट्नाले गर्दा देश र जनताको हित, कल्याणका निमित्त तत्कालीन राष्ट्र प्रमुखले यो पूजाअर्चनालाई निरन्तरता दिन थालेको जानकारी मन्दिर व्यवस्थापन समिति सल्लाहकार नारायणप्रसाद वनमालाले बताए ।

ब्रहमायणी, महेश्वरी, कुमारी, वैष्णवी, वाराही, महाकाली, महालक्ष्मी, त्रिपुरासुन्दरी र भद्रकाली नव देवीको पूजा गरिन्छ । सो अवसरमा राष्ट्रपति पौडेललाई तलेजु मन्दिरबाट ल्याइएको टीका तथा प्रसाद मन्दिरका मूल नाइके नरेन्द्र प्रसाद जोशीले प्रदान गरेका थिए ।

 


Thali Mobile Pvt.Ltd.