भर्खरै : Sorry, your browser does not support inline SVG.
तीनकुने–गैरीगाउँ क्षेत्रका बासिन्दाले सामान सार्न थाले, पाँच स्थानमा पुनर्स्थापना गर्ने सरकारको तयारी | पेट्रोलियम पदार्थ आयातबाट साठी अर्ब अठतीस करोड राजस्व सङ्कलन | इरानी विदेशमन्त्री पाकिस्तानमा, अमेरिका–इरान वार्ताका लागि कूटनीतिक प्रयास तीव्र | वीरगञ्ज महानगरद्वारा भूमिहीनलाई ३० दिनभित्र सम्पर्कमा आउन आग्रह | सुखड बजारको होटलमा आगलागी, कामदारको जलेर मृत्यु | विश्वका १० देशमा तीव्र खाद्य असुरक्षा, द्वन्द्व र मल अभाव मुख्य कारण | विनाशकारी भूकम्प गएको १० वर्ष पूरा, पुनर्निर्माण र सम्झनाका बीच नेपाल | थापाथली सुकुम्बासी बस्तीमा अनधिकृत संरचना हटाउन डोजर चलाउन सुरु |

विश्वका १० देशमा तीव्र खाद्य असुरक्षा, द्वन्द्व र मल अभाव मुख्य कारण

विश्वका १० देशमा तीव्र खाद्य असुरक्षा, द्वन्द्व र मल अभाव मुख्य कारण

मुख्य बुँदा

१० देशमा तीव्र खाद्य असुरक्षाको अवस्था (अफगानिस्तानदेखि यमनसम्म)

द्वन्द्व, जलवायु परिवर्तन र आर्थिक संकट प्रमुख कारण

४७ देशका २६ करोड ६० लाख मानिस प्रभावित

गाजा र सुडानमा चरम खाद्य संकट

मल अभाव र मूल्य वृद्धिले संकट थपिने चेतावनी

साना किसानलाई सहयोग र जलवायु अनुकूल खेतीमा जोड

काठमाडौं, १२ बैशाख । विश्वका १० देशमा तीव्र खाद्य असुरक्षाको अवस्था देखिएको राष्ट्रसङ्घीय प्रतिवेदनले जनाएको छ। अफगानिस्तान, बङ्गलादेश, कङ्गो, म्यानमार, नाइजेरिया, पाकिस्तान, दक्षिण सुडान, सुडान, सिरिया र यमनमा खाद्य संकट गम्भीर बनेको उल्लेख छ।

खाद्य संकटसम्बन्धी ग्लोबल रिपोर्ट अनुसार तीव्र खाद्य असुरक्षाको मुख्य कारण द्वन्द्व रहेको छ। साथै जलवायु परिवर्तन, आपूर्ति प्रणालीको अवरोध र आर्थिक संकटले पनि अवस्था थप जटिल बनाएको प्रतिवेदनमा भनिएको छ।

प्रतिवेदनले गाजा र सुडानका केही भागमा एकै वर्षमा चरम खाद्य संकट देखिएको पनि उल्लेख गरेको छ। विश्वव्यापी रूपमा ४७ देशका करिब २६ करोड ६० लाख मानिसले गएको वर्ष उच्च स्तरको खाद्य असुरक्षा अनुभव गरेको तथ्याङ्क प्रस्तुत गरिएको छ।

स्ट्रेट अफ हर्मुजजस्ता प्रमुख तेल आपूर्ति मार्गमा अवरोधका कारण ऊर्जा र खाद्य मूल्य बढ्ने सम्भावना पनि प्रतिवेदनले औँल्याएको छ।

संयुक्त राष्ट्रसङ्घीय अन्तर्राष्ट्रिय कृषि विकास कोषका प्रमुख अल्भारो लारियोले मल अभाव र मूल्य वृद्धिले आगामी दिनमा संकट अझ बढ्न सक्ने चेतावनी दिएका छन्। उनले साना किसानलाई सहयोग बढाउन र जलवायु अनुकूल खेती प्रणालीमा लगानी गर्न आह्वान गरेका छन्।

उनका अनुसार स्थानीय स्तरमै मल उत्पादन र माटोको स्वास्थ्य सुधार गर्ने अभ्यासले खाद्य संकट न्यूनीकरण गर्न सहयोग पुग्न सक्छ।

Mohotsav


Thali Mobile Pvt.Ltd.