भर्खरै : Sorry, your browser does not support inline SVG.
कृषि समितिमा सत्तारुढ दलकै सांसदको प्रश्न ‘मन्त्री र सचिव नबोलाउने हो भने समिति किन?’ | एमालेमा ‘शल्यक्रिया’को प्रस्ताव : ओली हटाऊ, कमिटी घटाऊ ! | पत्रकार श्रेष्ठ पक्राउको विरोधमा प्रहरी परिसर अगाडि महासङ्घको धर्ना | फेरि सर्‍यो १०औँ राष्ट्रिय खेलकुदको मिति, मङ्सिर १६ देखि २९ गतेसम्म हुने | बालेनप्रति लक्षित गर्दै देउवाको प्रश्न ‘राजा ज्ञानेन्द्र त सकेनन्, अरूले सक्लान् यहाँ ?’ | रोल्पा पहिरो अपडेट : चार जनाको सनाखत, नौ जना बेपत्ता | नौ वर्षपछि ओखलढुङ्गा –रुम्जाटार सडक पुनः कालोपत्र गरिँदै | बुढीगण्डकी आयोजना अलपत्र पार्न खोजिएको भन्दै सरोकार समितिको आपत्ति, आन्दोलनको चेतावनी |

विनाशकारी भूकम्प गएको १० वर्ष पूरा, पुनर्निर्माण र सम्झनाका बीच नेपाल

विनाशकारी भूकम्प गएको १० वर्ष पूरा, पुनर्निर्माण र सम्झनाका बीच नेपाल

काठमाडौं, १२ बैशाख। नेपालमा विनाशकारी भूकम्प गएको १० वर्ष पूरा भएको छ। २०७२ साल वैशाख १२ गते बिहान ११ बजेर ५६ मिनेटमा गोरखाको बारपाक केन्द्रबिन्दु बनाएर ७.६ रेक्टर स्केलको भूकम्प गएको थियो।

भूकम्पपछि वैशाख १३ र २९ गते शक्तिशाली परकम्पहरू पनि गएका थिए। यस विनाशकारी घटनाले काठमाडौँ उपत्यकासहित देशका १४ जिल्लालाई अत्यधिक प्रभावित बनाएको थियो।

सरकारी तथ्याङ्कअनुसार भूकम्पका कारण करिब ९ हजार मानिसको मृत्यु भएको थियो भने २२ हजारभन्दा बढी घाइते भएका थिए। लाखौँ मानिस घरबारविहीन भई विस्थापित हुनुपरेको थियो।

भूकम्पले काठमाडौँको धरहरा, दरबार स्क्वायरलगायत सयौँ ऐतिहासिक तथा सांस्कृतिक धरोहरहरूमा ठूलो क्षति पुर्‍याएको थियो। करिब ६ लाखभन्दा बढी घर पूर्ण रूपमा ध्वस्त भएका थिए।

नेपालको इतिहासमा १९९० सालपछिको यो सबैभन्दा ठूलो भूकम्प मानिन्छ, जसले काठमाडौँ उपत्यका सहित विश्व सम्पदा सूचीमा रहेका धेरै संरचनामा क्षति पुर्‍याएको थियो।

भूकम्पबाट सिन्धुपाल्चोक, दोलखा, काभ्रेपलाञ्चोक, काठमाडौँ, ललितपुर, भक्तपुर, नुवाकोट, रामेछाप, ओखलढुङ्गा, गोरखा, धादिङ, मकवानपुर, सिन्धुली, रसुवा, सोलुखुम्बु लगायतका जिल्लाहरू बढी प्रभावित भएका थिए।

 


Thali Mobile Pvt.Ltd.