भर्खरै : Sorry, your browser does not support inline SVG.
कृषि समितिमा सत्तारुढ दलकै सांसदको प्रश्न ‘मन्त्री र सचिव नबोलाउने हो भने समिति किन?’ | एमालेमा ‘शल्यक्रिया’को प्रस्ताव : ओली हटाऊ, कमिटी घटाऊ ! | पत्रकार श्रेष्ठ पक्राउको विरोधमा प्रहरी परिसर अगाडि महासङ्घको धर्ना | फेरि सर्‍यो १०औँ राष्ट्रिय खेलकुदको मिति, मङ्सिर १६ देखि २९ गतेसम्म हुने | बालेनप्रति लक्षित गर्दै देउवाको प्रश्न ‘राजा ज्ञानेन्द्र त सकेनन्, अरूले सक्लान् यहाँ ?’ | रोल्पा पहिरो अपडेट : चार जनाको सनाखत, नौ जना बेपत्ता | नौ वर्षपछि ओखलढुङ्गा –रुम्जाटार सडक पुनः कालोपत्र गरिँदै | बुढीगण्डकी आयोजना अलपत्र पार्न खोजिएको भन्दै सरोकार समितिको आपत्ति, आन्दोलनको चेतावनी |

सुखड बजारको होटलमा आगलागी, कामदारको जलेर मृत्यु

सुखड बजारको होटलमा आगलागी, कामदारको जलेर मृत्यु

कैलाली, १२ बैशाख । कैलालीको घोडाघोडी नगरपालिका–१ सुखड बजारस्थित बिबेक रेस्टुरेन्ट एण्ड लजमा आगलागी हुँदा एक जना होटल कामदारको जलेर मृत्यु भएको छ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक योगेन्द्र तिमिल्सिनाका अनुसार आगलागीमा परी डडेल्धुराको आलिताल गाउँपालिका घर भएका मिनबहादुर बोहराको मृत्यु भएको हो।

शुक्रबार राति करिब पौने १ बजेतिर होटलको कोठामा सुतिरहेको अवस्थामा आगलागी भएपछि उनी जलेर गम्भीर अवस्थामा पुगेका थिए। प्रहरी र स्थानीयवासी तथा दमकलको सहयोगमा आगो नियन्त्रणमा लिइएको थियो।

प्रहरीका अनुसार प्रारम्भिक अनुसन्धानमा लामखुट्टे भगाउन बालिएको अण्डाको क्रेटबाट आगलागी सुरु भएको हुनसक्ने अनुमान गरिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। मृतकको शव परीक्षणका लागि सेती प्रादेशिक अस्पतालमा राखिएको छ।

 


Thali Mobile Pvt.Ltd.