भर्खरै : Sorry, your browser does not support inline SVG.
भोटेकोशी बाढीपछि चिन्तित छन् त्रिशूली किनारका बासिन्दा | सहयोगका नाममा गैरकानुनी असुली गर्नेलाई कारबाही गर्न गृह मन्त्रालयको निर्देशन | नेपालसँग सन् २०२७ भित्र द्विपक्षीय क्रिकेट श्रृंखला खेल्न बङ्गलादेश सकारात्मक | बाल सुधार गृह कि बन्दीगृह? ४६ प्रतिशत बालबालिकामा डिप्रेसनसहित मानसिक समस्या | नयाँ टीबी खोपले एक दशकमा ७३ लाखभन्दा बढी जीवन बचाउन सक्ने गाभीको दाबी | बाढी र पहिरोले यी ९ सडकखण्ड अवरुद्ध, कहाँ-कहाँ रोकियो यातायात ? | ग्यासको आयात र बिक्री बढ्दासमेत उपभोक्तालाई राहत छैन, अझै लाइनमा बस्नुपर्ने बाध्यता | अमेरिकी दबाबपछि इरानका परमाणु प्रमुखलाई भियना प्रवेशमा रोक |

दोश्रो गोकर्णेश्वर महोत्सव २०८२ सभ्य र भव्य रूपमा सम्पन्न

दोश्रो गोकर्णेश्वर महोत्सव २०८२ सभ्य र भव्य रूपमा सम्पन्न

गोकर्णेश्वर, १३ जेठ । गोकर्णेश्वर नगरपालिकामा दोस्रो गोकर्णेश्वर महोत्सव २०८२ सांस्कृतिक र मनोरञ्जनात्मक रौनकबीच सभ्य र भव्य रूपमा सम्पन्न भएको छ । महोत्सव गोकर्णेश्वर नगरपालिकाका उप–प्रमुख सान्नानी लामाको प्रमुख आतिथ्यता र राजकृष्ण श्रेष्ठको सभापतित्वमा सम्पन्न भएको हो।

कार्यक्रमको समापन सत्रमा आयोजक संस्था औद्योगिक शान्ति नेपालका अध्यक्ष सन्दिप महतले स्वागत मन्तव्य दिंदै भन्नुभयो, “स्थानीय संस्कृति, पर्यटन र प्रतिभा उजागर गर्ने उद्देश्यले महोत्सव आयोजना गरिएको हो। यो हाम्रो नगरको पहिचान निर्माणमा योगदान दिने एउटा अवसर हो।”

महोत्सवमा गोकर्णेश्वर नगरपालिका उप–प्रमुख सान्नानी लामाले कार्यक्रममा भन्नुभयो, “गोकर्णेश्वर महोत्सवले हाम्रा युवामा सिर्जनात्मक ऊर्जा भर्ने काम गरेको छ। हामी आगामी दिनमा अझ व्यापक र समावेशी कार्यक्रमहरू ल्याउनेछौं।”

कार्यक्रममा वडा नं ४ का वडा अध्यक्ष जयराम महत, वडा नं ३ की वडा सदस्य लक्ष्मी भण्डारी, कार्यक्रम संयोजक श्यामकृष्ण श्रेष्ठ, मेला निर्देशक दिपक दाहाल, सह–संयोजक सिताराम दाहाल, नृत्य निर्देशक आशिष लामा लगायत व्यक्तिहरूको उपस्थिति थियो।

कार्यक्रमको मुख्य आकर्षण रहेको खुल्ला नृत्य प्रतियोगिताको ग्राण्ड फिनाले पनि यसै अवसरमा सम्पन्न भयो। प्रतियोगिता संयोजक तथा प्रमुख निर्णायक सुमन कुमार श्रेष्ठको नेतृत्वमा सम्पन्न प्रतियोगितामा सौसाङ तामाङ प्रथम, युमिसा पुरी द्वितीय, रक्षा सुनार तृतीय, कला राई चौथो र लाम्हु शेर्पा पाँचौँ स्थानमा विजेता घोषित भए। सुमन कुमार श्रेष्ठले विजयी घोषणा गर्दै भन्नुभयो, “हामीले निष्पक्ष मूल्यांकनका आधारमा उत्कृष्ट प्रतिभाहरू छान्यौं। प्रतिस्पर्धा निकै स्तरिय भयो, सबै सहभागी सराहनायोग्य थिए।”

सांगीतिक र सांस्कृतिक धमाका

महोत्सवको समापनमा चर्चित कलाकारहरूको विशेष प्रस्तुतीले दर्शकहरूलाई मन्त्रमुग्ध बनायो। लोकदोहोरी गायक पशुपति शर्मा, गायिका शान्ता रानी परियार, गायक रमेश श्रेष्ठ (मेलोडी), गायक सुमन कुमार श्रेष्ठ, हास्यकलाकार प्रताप हुमागाई, मोडेल डान्सर अञ्जु सुनार, गायक प्रितम मल्ल ठकुरी र बेली डान्सर सुस्मिता गिरी लगायतका कलाकारहरूले कार्यक्रममा बेजोड प्रस्तुती दिएका थिए।

महोत्सवको समापनमा संयोजक श्यामकृष्ण श्रेष्ठले सम्पूर्ण सहयोगी, सहभागी र दर्शकहरूलाई धन्यवाद दिँदै महोत्सवलाई हरेक वर्ष परिष्कृत रूपमा अगाडि बढाउने प्रतिबद्धता जनाउनुभयो।

 


Thali Mobile Pvt.Ltd.