भर्खरै : Sorry, your browser does not support inline SVG.
कृषि समितिमा सत्तारुढ दलकै सांसदको प्रश्न ‘मन्त्री र सचिव नबोलाउने हो भने समिति किन?’ | एमालेमा ‘शल्यक्रिया’को प्रस्ताव : ओली हटाऊ, कमिटी घटाऊ ! | पत्रकार श्रेष्ठ पक्राउको विरोधमा प्रहरी परिसर अगाडि महासङ्घको धर्ना | फेरि सर्‍यो १०औँ राष्ट्रिय खेलकुदको मिति, मङ्सिर १६ देखि २९ गतेसम्म हुने | बालेनप्रति लक्षित गर्दै देउवाको प्रश्न ‘राजा ज्ञानेन्द्र त सकेनन्, अरूले सक्लान् यहाँ ?’ | रोल्पा पहिरो अपडेट : चार जनाको सनाखत, नौ जना बेपत्ता | नौ वर्षपछि ओखलढुङ्गा –रुम्जाटार सडक पुनः कालोपत्र गरिँदै | बुढीगण्डकी आयोजना अलपत्र पार्न खोजिएको भन्दै सरोकार समितिको आपत्ति, आन्दोलनको चेतावनी |

तोलाको २ लाख ३५ हजार नाघ्यो सुनको भाउ, फेरि नयाँ कीर्तिमान

तोलाको २ लाख ३५ हजार नाघ्यो सुनको भाउ, फेरि नयाँ कीर्तिमान

काठमाडौँ, २१ असाेज । सुनको मूल्यमा फेरि एकपटक नयाँ रेकर्ड कायम भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको भाउ तोलाको दुई लाख ३५ हजार चार सय रुपैयाँ पुगेको छ।

हिजोको तुलनामा आज सुनको भाउ तोलाको दुई हजार तीन सय रुपैयाँले वृद्धि भएको हो। हिजो तोलाको दुई लाख ३३ हजार एक सय रुपैयाँमा कारोबार भएको थियो।

चाँदीको भाउ भने यथावत रहेको छ। आज पनि चाँदी तोलाको दुई हजार नौ सय साठ्ठी रुपैयाँमै कारोबार भइरहेको महासङ्घले जनाएको छ।

बजार विश्लेषकहरूका अनुसार अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य निरन्तर बढ्दै जाँदा यसको असर नेपालमा पनि देखिएको हो।

 


Thali Mobile Pvt.Ltd.