भर्खरै : Sorry, your browser does not support inline SVG.
कृषि समितिमा सत्तारुढ दलकै सांसदको प्रश्न ‘मन्त्री र सचिव नबोलाउने हो भने समिति किन?’ | एमालेमा ‘शल्यक्रिया’को प्रस्ताव : ओली हटाऊ, कमिटी घटाऊ ! | पत्रकार श्रेष्ठ पक्राउको विरोधमा प्रहरी परिसर अगाडि महासङ्घको धर्ना | फेरि सर्‍यो १०औँ राष्ट्रिय खेलकुदको मिति, मङ्सिर १६ देखि २९ गतेसम्म हुने | बालेनप्रति लक्षित गर्दै देउवाको प्रश्न ‘राजा ज्ञानेन्द्र त सकेनन्, अरूले सक्लान् यहाँ ?’ | रोल्पा पहिरो अपडेट : चार जनाको सनाखत, नौ जना बेपत्ता | नौ वर्षपछि ओखलढुङ्गा –रुम्जाटार सडक पुनः कालोपत्र गरिँदै | बुढीगण्डकी आयोजना अलपत्र पार्न खोजिएको भन्दै सरोकार समितिको आपत्ति, आन्दोलनको चेतावनी |

पश्चिमी वायुको प्रभाव: यी प्रदेशहरूमा हुन सक्छ वर्षा

पश्चिमी वायुको प्रभाव: यी प्रदेशहरूमा हुन सक्छ वर्षा

काठमाडौँ, २१ असोज । मनसुनी वायुको प्रभाव क्रमशः कमजोर हुँदै गएको भए पनि पश्चिमी वायुको प्रभाव अहिले पनि केही प्रदेशमा देखिएको छ।

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशको पश्चिमी भूभागमा धेरै ठाउँमा तथा गण्डकी प्रदेशको पश्चिमी भूभागका थोरै स्थानमा पश्चिमी वायुको प्रभाव रहेको छ।

महाशाखाद्वारा जारी मौसम ‘बुलेटिन’का अनुसार गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी र तराई भूभागमा साधारणतया बदली रहनेछ भने बाँकी तराई भूभागमा आंशिक बदली रहनेछ। यी प्रदेशका पहाडी र तराई भूभागका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुने सम्भावना छ। बाँकी पहाडी र तराई भूभागका एक–दुई स्थानमा पनि हल्का वर्षा हुन सक्ने विभागको अनुमान छ।

राति कोशी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत बाँकी पहाडी भूभागमा साधारणतया बदली रहनेछ भने बाँकी तराई भूभागमा आंशिक बदली रहने विभागले जनाएको छ।

लुम्बिनी, कर्णाली, सुदूरपश्चिम र कोशी प्रदेशका पहाडी भूभागका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुन सक्ने सम्भावना रहेको पनि विभागले चेतावनी दिएको छ।

 


Thali Mobile Pvt.Ltd.