भर्खरै : Sorry, your browser does not support inline SVG.
कृषि समितिमा सत्तारुढ दलकै सांसदको प्रश्न ‘मन्त्री र सचिव नबोलाउने हो भने समिति किन?’ | एमालेमा ‘शल्यक्रिया’को प्रस्ताव : ओली हटाऊ, कमिटी घटाऊ ! | पत्रकार श्रेष्ठ पक्राउको विरोधमा प्रहरी परिसर अगाडि महासङ्घको धर्ना | फेरि सर्‍यो १०औँ राष्ट्रिय खेलकुदको मिति, मङ्सिर १६ देखि २९ गतेसम्म हुने | बालेनप्रति लक्षित गर्दै देउवाको प्रश्न ‘राजा ज्ञानेन्द्र त सकेनन्, अरूले सक्लान् यहाँ ?’ | रोल्पा पहिरो अपडेट : चार जनाको सनाखत, नौ जना बेपत्ता | नौ वर्षपछि ओखलढुङ्गा –रुम्जाटार सडक पुनः कालोपत्र गरिँदै | बुढीगण्डकी आयोजना अलपत्र पार्न खोजिएको भन्दै सरोकार समितिको आपत्ति, आन्दोलनको चेतावनी |

सुनचाँदीको भाउमा कीर्तिमान, सुन तोलाको २ लाख ५ हजार नाघ्यो

सुनचाँदीको भाउमा कीर्तिमान, सुन तोलाको २ लाख ५ हजार नाघ्यो

काठमाडौँ, १६ भाद्र । सुनचाँदीको भाउले लगातार उकालो जारी राख्दै आज पनि नयाँ कीर्तिमान बनाएको छ। सुनको भाउ आज एकैदिन तोलामा १,७०० रुपैयाँले वृद्धि भई २,०५,३०० रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ।

हिजो सुनको भाउ २,०३,६०० रुपैयाँ थियो भने गत शुक्रवार २,००,६०० रुपैयाँ तोलामा मूल्य रहेको थियो। यसैगरी, चाँदीको भाउ पनि अहिलेसम्मकै उच्च रहेको छ।

आज चाँदीको भाउ तोलामा ४५ रुपैयाँले वृद्धि भई २,४७० रुपैयाँ पुगेको छ। हिजो चाँदीको भाउ २,४२५ रुपैयाँ तोलामा थियो भने गत शुक्रवार २,३६० रुपैयाँ तोलामा कारोबार भएको थियो।

 


Thali Mobile Pvt.Ltd.