भर्खरै : Sorry, your browser does not support inline SVG.
कृषि समितिमा सत्तारुढ दलकै सांसदको प्रश्न ‘मन्त्री र सचिव नबोलाउने हो भने समिति किन?’ | एमालेमा ‘शल्यक्रिया’को प्रस्ताव : ओली हटाऊ, कमिटी घटाऊ ! | पत्रकार श्रेष्ठ पक्राउको विरोधमा प्रहरी परिसर अगाडि महासङ्घको धर्ना | फेरि सर्‍यो १०औँ राष्ट्रिय खेलकुदको मिति, मङ्सिर १६ देखि २९ गतेसम्म हुने | बालेनप्रति लक्षित गर्दै देउवाको प्रश्न ‘राजा ज्ञानेन्द्र त सकेनन्, अरूले सक्लान् यहाँ ?’ | रोल्पा पहिरो अपडेट : चार जनाको सनाखत, नौ जना बेपत्ता | नौ वर्षपछि ओखलढुङ्गा –रुम्जाटार सडक पुनः कालोपत्र गरिँदै | बुढीगण्डकी आयोजना अलपत्र पार्न खोजिएको भन्दै सरोकार समितिको आपत्ति, आन्दोलनको चेतावनी |

कञ्चनपुरको दोधाराचाँदनी डुबानमा, शारदा ब्यारेजमा चारपांग्रे गाडी रोक

कञ्चनपुरको दोधाराचाँदनी डुबानमा, शारदा ब्यारेजमा चारपांग्रे गाडी रोक

मुख्य बुँदा

दोधाराचाँदनी–८ जर्गाटोलका २५ घर डुबानमा, ७० जना सुरक्षित विद्यालयमा राखिएका

वडा ११ मा पनि पाँच घरमा पानी पसेको

शारदा ब्यारेजमा चारपांग्रे सवारी रोक, दुईपांग्रे मात्र सञ्चालन

सुदूरपश्चिम, गण्डकी, कोशी प्रदेशमा भारी वर्षा

कञ्चनपुर दोधारामा २४ घण्टामा १९९.२ मि.मि. वर्षा रेकर्ड

कञ्चनपुर, १६ भदौ । लगातारको वर्षाका कारण दोधाराचाँदनी नगरपालिका–८ रामपुरे टापुस्थित जर्गाटोलका २५ घर जोगबुढा नदीको पानीले डुबानमा परेका छन्। डुबानमा परेका ७० जनालाई जनज्योति माध्यमिक विद्यालयमा लगेर राखिएको छ भने प्रहरी टोली उद्धार कार्यमा सक्रिय छन्।

यसैगरी, वडा नम्बर ११ मा पनि पाँच वटा घरमा पानी पसेको छ। प्रहरी चौकी बाबाथान र इलाका प्रहरी कार्यालय दोधाराचाँदनीका टोलीहरूले उद्धारको काम गरिरहेका छन्।

शारदा ब्यारेजमा चारपांग्रे गाडी रोक

महाकाली नदीमा पानीको बहाव उच्च भएपछि नेपाल–भारत सीमा क्षेत्रको शारदा ब्यारेज (बनबासा पुल) मा चारपांग्रे सवारीसाधनको आवागमन रोक लगाइएको छ। सोमबार बिहान पानीको बहाव एक लाख ५१ हजार क्युसेक नाघेपछि हाल चारपांग्रे गाडीलाई रोक लगाइएको छ भने दुईपांग्रे सवारीसाधन मात्र सञ्चालनमा छन्।

सुदूरपश्चिममा थप वर्षाको सम्भावना

बरिष्ठ मौसमविद प्रतिभा मानन्धरका अनुसार, मनसुनको न्यूनचापीय क्षेत्र दक्षिणतिर रहेकाले अरब सागरबाट आउने जलवाष्पयुक्त हावाको प्रभावले नेपालका धेरै स्थानमा वर्षा भइरहेको छ। विशेषगरी सुदूरपश्चिम क्षेत्रमा भारी पानी परेको छ।

कञ्चनपुरको दोधारामा २४ घण्टामा १९९.२ मिलिमिटर वर्षा मापन भएको छ। डडेलधुराको जोगबुढा र गाइबन्डे, कास्कीको लुम्ले, तथा ताप्लेजुङको लाङटाङ र ताप्लेथोकमा अति भारी वर्षा रेकर्ड गरिएको छ। बरिष्ठ मौसमविद मानन्धरले सुदूरपश्चिममा थप वर्षाको सम्भावना रहेको जानकारी दिएकी छन्।

 


Thali Mobile Pvt.Ltd.