भर्खरै : Sorry, your browser does not support inline SVG.
भक्तपुरमा नेपाली मौलिक वास्तुकलाको प्रदर्शनी, १८५ सम्पदा पुनर्निर्माण गरिएको जानकारी | मुख्यमन्त्री किरण थापासहित विभिन्न व्यक्तिहरूलाइ क्रियाशील पत्रकार मञ्च, भक्तपुरद्वारा सम्मानपत्र प्रदान | स्वास्थ्य सचिव डा. सुमित्रा गौतमलाई क्रियाशील पत्रकार मञ्च भक्तपुरको सम्मान | नोबेल शान्ति पुरस्कार घोषणापछि आईसीसीमाथि अमेरिकी प्रतिबन्ध | नेपालमा आप्रवासी चराको वासस्थान सङ्कटमा, ४५ प्रतिशतको सङ्ख्या घट्दो | बीपी राजमार्ग दुईतर्फी खुल्यो, लेदो र गेग्रान हटाइएपछि यातायात सहज | राष्ट्रिय परिचयपत्र नभएकै कारण बैंकिङ सेवा रोक्न नपाइने, सर्वोच्चको आदेश | जङ्गली च्याउ खाँदा तीन वर्षीया बालिकाको मृत्यु, आमा उपचारपछि घर फर्किइन् |

विगु गाउँपालिकाको गोंगर खोलामा डरलाग्दो बाढी, सिंगटीमा उच्च सतर्कता

विगु गाउँपालिकाको गोंगर खोलामा डरलाग्दो बाढी, सिंगटीमा उच्च सतर्कता

दोलखा, २० असार । दोलखाको विगु गाउँपालिका–१ मा पर्ने गोंगर खोलामा डरलाग्दो बाढी आएको छ। बाढीका कारण सिंगटी बजार क्षेत्रमा उच्च सुरक्षा सतर्कता अपनाइएको वडाध्यक्ष मेमबहादुर तामाङले जानकारी दिएका छन्।

वडाध्यक्ष तामाङका अनुसार दोलखाको उत्तरी भेगमा परेको भारी वर्षापछि खोलामा अचानक बाढी आएको हो। “अहिलेसम्म धनजनको क्षति भएको जानकारी छैन, तर स्थिति मूल्यांकन गर्दै छौं,” तामाङले बताएका छन्।

उक्त गोंगर खोला तामाकोसी नदीमा मिसिने खोलामध्ये एक हो, जसले गर्दा तल्लो क्षेत्रमा अझै उच्च सतर्कता आवश्यक भएको जनाइएको छ।

स्थानीय प्रशासन, सुरक्षाकर्मी र विपद् व्यवस्थापन टोली सिंगटी बजार क्षेत्रमा तयारी अवस्थामा रहेका छन्। बाढीको थप जोखिमलाई मध्यनजर गर्दै नजिकका बासिन्दालाई सतर्क रहन आग्रह गरिएको छ।

 


Thali Mobile Pvt.Ltd.