भर्खरै : Sorry, your browser does not support inline SVG.
भक्तपुरमा नेपाली मौलिक वास्तुकलाको प्रदर्शनी, १८५ सम्पदा पुनर्निर्माण गरिएको जानकारी | मुख्यमन्त्री किरण थापासहित विभिन्न व्यक्तिहरूलाइ क्रियाशील पत्रकार मञ्च, भक्तपुरद्वारा सम्मानपत्र प्रदान | स्वास्थ्य सचिव डा. सुमित्रा गौतमलाई क्रियाशील पत्रकार मञ्च भक्तपुरको सम्मान | नोबेल शान्ति पुरस्कार घोषणापछि आईसीसीमाथि अमेरिकी प्रतिबन्ध | नेपालमा आप्रवासी चराको वासस्थान सङ्कटमा, ४५ प्रतिशतको सङ्ख्या घट्दो | बीपी राजमार्ग दुईतर्फी खुल्यो, लेदो र गेग्रान हटाइएपछि यातायात सहज | राष्ट्रिय परिचयपत्र नभएकै कारण बैंकिङ सेवा रोक्न नपाइने, सर्वोच्चको आदेश | जङ्गली च्याउ खाँदा तीन वर्षीया बालिकाको मृत्यु, आमा उपचारपछि घर फर्किइन् |

मधेस बाहेकका प्रदेशमा हल्कादेखि मध्यम वर्षा, केही ठाउँमा ठूलो पानी पर्ने सम्भावना

मधेस बाहेकका प्रदेशमा हल्कादेखि मध्यम वर्षा, केही ठाउँमा ठूलो पानी पर्ने सम्भावना

काठमाडौँ, २० असार । हाल देशभर मनसुनी वायु सक्रिय रहेकाले मधेस बाहेकका प्रदेशमा हल्कादेखि मध्यम वर्षा भइरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखाका अनुसार गएराति सङ्खुवासभा, सिन्धुपाल्चोक र कास्की जिल्लामा भारी वर्षा भएको छ। पछिल्लो १२ घण्टामा सङ्खुवासभामा सबैभन्दा धेरै ८६.२ मिलिमिटर वर्षा मापन गरिएको छ।

महाशाखाका मौसमविद् हरिप्रसाद दाहालका अनुसार आज दिउँसो कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थानहरूमा र अन्य प्रदेशका केही ठाउँमा मेघगर्जन र चट्टयाङसहित भारी वर्षा हुने सम्भावना छ।

काठमाडौँ उपत्यकामा पनि दिउँसो मध्यम वर्षाको सम्भावना रहेको जनाइएको छ। यसैबीच, सिन्धुपाल्चोकको मेलम्ची नदीमा जलसतह बढ्न सक्ने र भिरालो तथा कमजोर जमिनमा पहिरोको जोखिम बढेकाले सतर्क रहन बाढी पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ।

सुरक्षाका लागि जोखिम क्षेत्रका बासिन्दालाई सतर्कता अपनाउन तथा आवश्यक परे सुरक्षित स्थानतर्फ सर्न समेत महाशाखाले आग्रह गरेको छ।

 


Thali Mobile Pvt.Ltd.