भर्खरै : Sorry, your browser does not support inline SVG.
यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते | दसैँको सट्टा खोकनामा सिकाली जात्राको रौनक, जोगिँदै मौलिक संस्कृति | चिकित्सा शिक्षामा ४१८ सिट थपियो, एमबीबीएस र नर्सिङ पढ्ने विद्यार्थीलाई अवसर बढ्ने | मन्त्रिपरिषद्का १३ निर्णय सार्वजनिक, बाढीपीडित परिवारलाई मासिक १५ हजारसम्म सहायता | ७० वर्ष पुरानो प्रहरी ऐन बदलिँदै, सरुवा–बढुवामा ‘हाकिम रिझाउने’ प्रवृत्ति अन्त्य गर्ने गृहमन्त्रीको घोषणा | गोरखा, बागलुङ र धादिङका बाढीपहिरो प्रभावित क्षेत्र तीन महिनाका लागि सङ्कटग्रस्त घोषित | गहुँको न्यूनतम समर्थन मूल्य बढ्यो, अब प्रतिक्विन्टल ४ हजार १०७ रुपैयाँ | पाकिस्तानमा विद्यालयको छाना खस्दा ३४ जनाको मृत्यु, १९ जना घाइते |

सरकारले समयमै अस्थायी टहरा निर्माण गर्ने रकम नदिँदा चिसोले भुकम्पपीडितको बिचल्ली

सरकारले समयमै अस्थायी टहरा निर्माण गर्ने रकम नदिँदा चिसोले भुकम्पपीडितको बिचल्ली

काठमाडौं । जाजरकोट र रुकुमपश्चिमका भुकम्पपीडितहरुको अत्याधिक चिसोले बिचल्ली भएको छ । सरकारले समयमै अस्थायी टहरा निर्माण गर्ने रकम नदिँदा उनीहरु थप मारमा परेका हुन् ।भुकम्प पछि त्रिपालमुनी बस्दै आएका पीडितहरु कात्तिक १८ यता त्रिपालम्नी बसिरहेका ३२ भूकम्पपीडितको मृत्यु भइसकेको छ । भूकम्पले घर भत्काएपछि पीडितहरु बारीमा त्रिपाल टाँगेर बसिरहेका छन् ।

शुक्रबारसम्म जाजरकोटमा २७ र रुकुम पश्चिममा पाँचजनाले ज्यान गुमाएका छन् । कात्तिक १७ गते राति जाजरकोटको बारेकोट गाउँपालिका–१, रामीडाँडा केन्द्रबिन्दु भएर गएको भूकम्पबाट जाजरकोट र रुकुम पश्चिममा १५४ जनाको मृत्यु भएको थियो ।

रुकुम पश्चिमको आठबीसकोट नगरपालिकामा तीनजना, बाफिकोट गाउँपालिका र सानीभेरी नगरपालिकामा एकएक जनाको चिसोले मृत्यु भएको हो । चिसोबाट चार बालबालिकाको मृत्यु भएको कर्णाली प्रदेश प्रहरीको तथ्यांकमा उल्लेख छ ।

कर्णाली प्रदेश प्रहरी कार्यालयका अनुसार त्रिपालमुनि बसेका जाजरकोटको कुुशे गाउँपालिकामा आठ, छेडागाड नगरपालिकामा ६, नलगाड नगरपालिका र जुनिचाँदे गाउँपालिकामा चार–चार, बारेकोट गाउँपालिकामा तीन र भेरी नगरपालिकामा दुई जनाको मृत्यु भएको छ ।

 


Thali Mobile Pvt.Ltd.