भर्खरै : Sorry, your browser does not support inline SVG.
कृषि समितिमा सत्तारुढ दलकै सांसदको प्रश्न ‘मन्त्री र सचिव नबोलाउने हो भने समिति किन?’ | एमालेमा ‘शल्यक्रिया’को प्रस्ताव : ओली हटाऊ, कमिटी घटाऊ ! | पत्रकार श्रेष्ठ पक्राउको विरोधमा प्रहरी परिसर अगाडि महासङ्घको धर्ना | फेरि सर्‍यो १०औँ राष्ट्रिय खेलकुदको मिति, मङ्सिर १६ देखि २९ गतेसम्म हुने | बालेनप्रति लक्षित गर्दै देउवाको प्रश्न ‘राजा ज्ञानेन्द्र त सकेनन्, अरूले सक्लान् यहाँ ?’ | रोल्पा पहिरो अपडेट : चार जनाको सनाखत, नौ जना बेपत्ता | नौ वर्षपछि ओखलढुङ्गा –रुम्जाटार सडक पुनः कालोपत्र गरिँदै | बुढीगण्डकी आयोजना अलपत्र पार्न खोजिएको भन्दै सरोकार समितिको आपत्ति, आन्दोलनको चेतावनी |

मनसुन जोखिम बढेपछि निजी हेलिकप्टर, ड्रोन र र्‍याफ्टिङ तयारीमा राख्दै सरकार

मनसुन जोखिम बढेपछि निजी हेलिकप्टर, ड्रोन र र्‍याफ्टिङ तयारीमा राख्दै सरकार

काठमाडाैं, ३ साउन । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले मनसुनजन्य विपद्को जोखिम बढ्दै गएपछि आवश्यक परे निजी क्षेत्रसँग हेलिकप्टर, ड्रोन र र्‍याफ्टिङ सेवा परिचालन गर्ने तयारी गरेको छ ।

प्राधिकरणले विपद्मा परेका नागरिकको खोज, उद्धार तथा राहत कार्यलाई प्रभावकारी बनाउन पूर्वसम्झौताअनुसार निजी क्षेत्रसँग सहयोग माग्ने जनाएको हो ।

जल तथा मौसम विज्ञान विभागले देशका विभिन्न क्षेत्रमा आज पनि भारी वर्षाको पूर्वानुमान गरेसँगै २३ जिल्लामा बाढी, पहिरो र डुबानको जोखिम उच्च रहेको छ । यसलाई मध्यनजर गर्दै प्राधिकरणले नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीसँग समन्वय गरी पूर्वतयारीलाई थप सुदृढ बनाएको जनाएको छ ।

उच्च जोखिममा रहेका जिल्लामा कोशी प्रदेशका झापा, मोरङ, इलाम, पाँचथर, तेह्रथुम, धनकुटा, सङ्खुवासभा, भोजपुर र खोटाङ, बागमती प्रदेशका चितवन, धादिङ, नुवाकोट, काभ्रे, सिन्धुली र सिन्धुपाल्चोक तथा गण्डकी प्रदेशका गोरखा, लमजुङ, तनहुँ, कास्की, स्याङ्जा, पर्वत, बागलुङ र म्याग्दी रहेका छन् ।

प्राधिकरणका निमित्त कार्यकारी प्रमुख प्रदीपकुमार कोइरालाका अनुसार सम्भावित विपद्को अवस्थामा तत्काल उद्धारका लागि काठमाडौं, इटहरी, भैरहवा र सुर्खेतमा नेपाली सेनाका चारवटा हेलिकप्टर तयारी अवस्थामा राखिएका छन् । आवश्यकता परे निजी क्षेत्रका हेलिकप्टर, ड्रोन र र्‍याफ्टिङ उपकरण पनि परिचालन गरिने उनले बताए ।

 


Thali Mobile Pvt.Ltd.