भर्खरै : Sorry, your browser does not support inline SVG.
यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते | दसैँको सट्टा खोकनामा सिकाली जात्राको रौनक, जोगिँदै मौलिक संस्कृति | चिकित्सा शिक्षामा ४१८ सिट थपियो, एमबीबीएस र नर्सिङ पढ्ने विद्यार्थीलाई अवसर बढ्ने | मन्त्रिपरिषद्का १३ निर्णय सार्वजनिक, बाढीपीडित परिवारलाई मासिक १५ हजारसम्म सहायता | ७० वर्ष पुरानो प्रहरी ऐन बदलिँदै, सरुवा–बढुवामा ‘हाकिम रिझाउने’ प्रवृत्ति अन्त्य गर्ने गृहमन्त्रीको घोषणा | गोरखा, बागलुङ र धादिङका बाढीपहिरो प्रभावित क्षेत्र तीन महिनाका लागि सङ्कटग्रस्त घोषित | गहुँको न्यूनतम समर्थन मूल्य बढ्यो, अब प्रतिक्विन्टल ४ हजार १०७ रुपैयाँ | पाकिस्तानमा विद्यालयको छाना खस्दा ३४ जनाको मृत्यु, १९ जना घाइते |

आर्कषक गह्रौ कालिका क्षेत्र

आर्कषक गह्रौ कालिका क्षेत्र

काठमाडौं । स्याङ्जाको विशेष धार्मिक महत्व बोकेको वालिङ्ग ८ स्थित गह्रौ कालिका मन्दिर पछिल्लो समय आकर्षको केन्द्रकारुपमा परिचित बन्दै गएको छ । बाइसे चौबिसे राजाहरुले विशेष पुजाआजा गर्दै आएको उक्त एतिहासिक मन्दिरमा आवतजावतका लागि सडक तथा अन्य पूर्वाधार निर्माण भएपछि भक्तजनको संख्यामा बृद्धि हुदै भएको हो ।

समुद्री सतहदेखि १५ सय मिटरको उचाईमा अवस्थित गह्रौ कालिका मन्दिर क्षेत्र विशेष रुपमा मान्दै आएको थिए । १४ सय १५ सालमा स्थापना भएको प्राचिन मन्दिर आजभोली सडक तथा अन्य पूर्वाधार निर्माणसँगै बिभिन्न ठाउँवाट दर्शन गर्न आउनेहरुको संख्या बढ्न थालेको छ ।

वालिङदेखि करिब १० किलोमीटर दूरीमा रहेको गह्रौ कालीका मन्दिरमा बडा दशैं तथा चैते दशैंमा बिषेश धुमधामका साथ बाजागाजासहित पूजा गरिने भएकाले दर्शनार्थीहरुको निकै घुइँचो लाग्ने गर्दछ । धार्मिक महिमा मात्रै नभएर पर्यटकीय क्षेत्रलाई महत्व दिएर प्रचार प्रसार गर्न सके गह्रौं कालिका मन्दिर समग्र स्याङ्जा क्षेत्रको पहिचान बन्ने स्थानीयको भनाइ छ ।

 


Thali Mobile Pvt.Ltd.